इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सनातन संस्कृति नेपालको १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ ।
चन्देश्वर चौधरीको अध्यक्षतामा सनातन संस्कृति नेपालको १ नम्बर प्रदेश समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षहरुमा फुलकुमारी साह, सचेन्द्र कुमार यादव, रामपरीदेवी साह, रामुकमार यादव, सचिवदोयमा रोहण साह र संजय यादव, सहसचिवमा मुटा सिंह यादव र कोषाध्यक्षमा विजय स्वर्णकार चयन भएका छन ।
त्यसैगरी प्रवत्तामा महत्थ सत्यनारायण दास बैश्णव, सदस्यहरुमा अशोक साह, रंजित साह, सुरेन्द्र मेहता, सल्लाहकारमा नविनचन्द साह, विनेद गिरी, विनोद गुप्ता, राजकिसोर मेहता, अनिल माझी प्रभु यादव र अरुण पौद्धार रहेका छन ।
पदाधिकारीहरुको पदस्थापना तथा समितिको कार्यालय समेत उद्घाटन गरिएको समितिका केन्द्रीय कार्यबाहक अध्यक्ष राजेश कुमार यादवले जानकारी दिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य केपी शर्मा पन्थीले नेपाली जनताले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक दर्शन विश्व जगतले स्विकारेको दाबी गरे ।
प्रदेश समितिको कार्यालय उद्घाटन तथा समितिको पदभार ग्रहण कार्यक्रमा बोल्दै उनले वैदिक धर्म विश्वकै सर्वश्रेष्ठ र वैज्ञानिक भएको दाबी गरे ।
उनले भने, ’हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ ।,’ यही जगमा उभिएर देशको अवस्था बलियो बनाउने प्रतिवद्धता लिनसमेत सबैलाई सुझाव दिए ।
पूर्व डिआईजी तथा राप्रपाका सुनसरी सल्लाहकार ऐनबीर जंग राणाले आफ्नो मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको बताए ।
उनले सोही जगमा उभी हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्ने भइसकेको बताए ।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतले नयाँ भन्दै सबै थोक स्विकार गर्दै जाँदा त्यसलाई दलहरुले गलत रुपमा लिएका कारणले अनियमितता, भ्रष्टाचार, बेबिचार र दमन शोषण बढेको दावी गरे ।
यसैबीच सनातन संस्कृति नेपालले आफ्ना १० वटा मागहरु सम्बोधन गर्न राज्यलाई आग्रह गरेको छ । संस्कृतिले देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, हिन्दु आयोग गठन गर्नुपर्ने, अन्तर धार्मिक विवाहलाई प्रतिबन्ध लगाउनुपर्ने, कक्षा ५ माथिका कक्षामा बेद र गीताको अध्यायपन गराउनुपर्ने, कैलाश मानसरोवर तिर्थ यात्राका लागि बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेको छ । गौहत्या गर्नेलाई मृत्यु दण्डको सजाय हुने कानुवी व्यवस्था गर्नुपर्ने, जनसंख्या नियन्त्रण सम्बन्धी कठोर कानुनी व्यवस्था गर्नुपर्ने मठ मन्दिर र त्यसमा कार्यरत्त पुजारीको सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि अघि सारेका छन् ।
प्रदेश समिति विस्तार कार्यक्रममा वक्ताहरुले हिन्दु राष्ट्र भए मात्रै नेपाली सुरक्षित हुने, भ्रष्टाचार कम हुने र शान्ती सुब्यवस्थासहित समृद्धि आउने बताएका छन् ।
Discussion about this post