शुभ नारायण यादव/सप्तरी ।
सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे ।
उहाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै पेस्तोल छाडेर भागेका थिए । साेहि क्रममा उक्त हतियार बरामद भएको बताउनुभयाे । यता साे सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post