इनरुवा । सुनसरीमा राष्ट्रिय खेलकुद समितिले कवडी खेलका लागि खेलाडीहरु छनौट गरेका छन् ।
सुनसरीबाट ९ औँ राष्ट्रिय कवडी प्रतियोगिताका लागि महिला तथा पुरुष खेलाडीहरु छनौट भएका छन् ।
जिल्लाबाट महिला कवडी खेलाडी तर्फ आरती चौधरी, मनिषा चौधरी, यशोधा खत्री, गरिमा पोखरेल, रविता कुमारी उराँव, जानकी उँराव, नेहा खाँ, टिका कुवर, मिना गिरी र बैकल्पिक तर्फ प्रज्ञा खड्का, मनिषा यादव र प्रीती राई छनौट भएका छन् ।
त्यसैगरी पुरुष कवडी खेलाडी तर्फ राजेश उराँव, अनिल कुमार साह, जुगनू साह, राजन यादव, संजय यादव, नरेश मण्डल, धरेन्द्र यादव, खगेन्द्र गुप्ता, सिगुवा लिम्बु तथा बैकल्पिक तर्फ जिवन कुमार चौधरी, प्रमोद यादव र राजु उराँव छनौट भएका छन् ।
जिल्लाभरीका खेलाडीहरुको प्रर्दशन र क्षमताको आधारमा कवडी खेलाडी छनौट गरिएको सुनसरी कवडी संघका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post