शुभ नारायण यादव /सप्तरी ।
तत्कालिन नेकपा एकताबाट खडक प्रसाद शर्मा ओली प्रधानमन्त्रि बन्नको लागी मात्र एकता गरेको आरोप पुर्वमन्त्रि तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले बताउनु भएको छ । सप्तरीको राजविराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा आज नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको ४ थौ अधिवेशनको उदधाटन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले राजनितिक मुदामा सर्वोच्य अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्रवाशिकको हकमा मात्र थप प्रावधान राखेको बताउनु भयो । नेकपा(माओवादीकेन्द) र भित्रको आन्तरीक सधर्षलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचन अगामी मंसिर ४ गतसम्मको लागी पार्टी भित्रको सधर्षलाई थाती राखी निर्वाचनमा सक्रियताका साथ एक जुट भएर लाग्न नेता ,कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको ४ थौ अधिवेशनको उदधाटन संगठनका संयोजक कृष्ण कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यकममा नेकपा(माओवादीकेन्द)का केन्द्रिय सदस्य तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव, नेकपा(माओवादीकेन्द)का केन्द्रिय सदस्य तथा मधेश प्रदेश गृह तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्ण ,विष्णु खनाल,उमेश लम्साल,महेश गजमेर,डा.सुशिल कुमार कर्ण लगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post