इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा साह सेवा समिति भोक्राहा नरसिंह गाउँ समितिको देस्रो अधिवेशन सम्पन्न भएको छ । साह सेवा समिति भोक्राहा नरसिंह गाउँ समितिको अध्यक्ष कुन्दन साहकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । साह सेवा समितिलाई जिल्लाभारी नै सकृय बताउने, जातिय हक अधिकार र राजनीतिक पहुँच स्थापित गर्ने उदेश्यका साथ गाउँ कार्यसमितिको संयोजनमा अधिवेशन गरेको छ ।
कार्यक्रमका प्रमुख अथिति महिचन साहले आफूहरुको जाती साह अर्थात तेली समाजको उत्थानका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो । वहाँले सबै गाउँ र नगर समितिमा योग्य, दक्ष र अनुभवी व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिन सक्ने गरि गृहकार्य गर्न आग्रह गर्नुभयो ।
साह सेवा समितिमा उदाहरणीय काम गर्न सक्नेलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव विरेन्द्र कुमार साह, अधिवत्ता सन्जु साह, गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी साह, साह सेवा समिति सुनसरी कार्यसमिति सदस्य सुनिता साह, भाेक्राह नरसिंह गाउँपालिकाका स्वास्थ्य संयाेजक हिरा साह, समाजसेवी बाबुराम साह, शिक्षक श्याम प्रसाद साह, साह, फडिन्द्र साह, सुरेश साह, रोशन साह, खुश्वु कुमारी साह, रञ्जना साह, शाेभानन्द साह, श्याम प्रसाद साह, सुनिल कुमार साह लगायतको रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post