शुभ नारायण यादव /सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ बर्साइनमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न।
नेपाली कांग्रेस,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी परित्याग गरी करिब सयौं नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन ।
स्थानीय युवा नेता पिन्टु सिंहको नेतृत्वमा उक्त पार्टीका कार्यकर्ताहरुले जसपा नेपालमा प्रवेश गरेका थिए ।उनीहरुलाई प्रमुख अतिथि मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
त्यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष पदका प्रत्याशी निरज मुक्ति,पुर्व गाउपालिकाकि उपाध्यक्ष सुचिता कुमारी यादव तथा नव निर्वाचित वडा न.१ का वडाअध्यक्ष दिमेश्वर मिश्र , वडा न.३ का वडाअध्यक्ष रमेश कुमार मुखिया , वडा न.८ का वडाअध्यक्ष सत्य नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post