• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लेखा अधिकृत रविनचन्द्र : दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, ९ वर्ष कैद सजाय

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ भदौ २३ गते, १४:०० बजे प्रकाशित
in Uncategorized, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
लेखा अधिकृत रविनचन्द्र : दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, ९ वर्ष कैद सजाय
78
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । माई नगरपालिका, इलामका लेखा अधिकृत रविनचन्द्र ढकालको १४ फागुन २०७४ मा कटारी नगरपालिका, उदयपुर सरुवा भयो । उनको स्थानमा आएका पेशल पोखरेलले बरबुजारथका क्रममा हरहिसाब खोजे । पोखरेलले बरबुजारथका क्रममा केरकार गर्न थालेपछि लेखा अधिकृत ढकालले आमाको खाताबाट चेक काटी पोखरेलका नाममा १ लाख ११ हजार रुपैयाँ दिए ।
नगरपालिकामा रहँदा आफूले गरेको ‘गडबडी’ बाहिर नआओस् भनी उनले लेखा अधिकृत पोखरेललाई पटकपटक गरी ३ लाख २० हजार रुपैयाँ घुस दिए र, कटारी झरे ।
नगरपालिकाको रकम गडबड गर्न भने छोडेनन् । कोष तथा लेखा नियन्त्रण कार्यालय(कोलेनिका)बाट नगरपालिकाको नाममा निकासा भएको रकम समेत आफ्ना खातामा पुर्याए ।
नगरपालिकाको हिसाब झण्डै एक करोड रुपैयाँ तलमाथि भएको पाएपछि कटारीका निवर्तमान प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लुईंटेलले खोजबिन गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाट ६३ करोड ५८ लाख रुपैयाँ निकासा भएको थियो, तर नगरपालिकाको खातामा ६२ करोड ५२ लाख मात्र जम्मा भएको भेटियो, अरु रकम ढकालले कुम्ल्याएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत लुईंटेलको नाममा आफैंले हस्ताक्षर गरी लेखा अधिकृत ढकालले रकम दुरुपयोग गरेको र आफ्नो खातामा रकम जम्मा गरेको खुल्यो ।
मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लुईंटेलले अख्तियारमा गएर उजुरी गरे, छानबिनका क्रममा लेखा अधिकृत ढकालले कटारी नगरपालिकामा झण्डै ४ करोड रुपैयाँ हिनामिना गरेर आफ्नो र नातेदारका नाममा सारेको खुल्यो ।
उनले नगरपालिकाको रकम निकासाका लागि प्रमुख प्रशासकीय अधिकृतको पत्र लुकाई आफूले किर्ते हस्ताक्षर गरेको कागजात पेश गर्थे । नक्कली हस्ताक्षरका भरमा पत्र पठाउँदा उनले चलानी नम्बर समेत फर्जी खडा गरेका थिए । अनुसन्धानको क्रममा उनले निर्धक्क भनेका छन्, ‘केही भौचर र कागजातमा हाकिम (प्रमुख प्रशासकीय अधिकृत)को हस्ताक्षर छुटेकाले आफैंले धस्काइदिएको हुँ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि कटारी नगरपालिकामा रहँदामात्रै ३ करोड ९८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गर्यो ।
२०६८–११– १६ फागुन २०६८ मा सहायक लेखापालबाट सरकारी सेवा सुरु गरेका ढकाल   १० असार २०७३ मा लेखा अधिकृत भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बु, माई नगरपालिका र कटारी नगरपालिकामा गरी दुई वर्ष लेखा अधिकृतका रुपमा काम गर्दा उनले ७ करोडभन्दा बढी सरकारी रकम हिनामिना गरेको भेटिएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार ढकालले विभिन्न बैंकमा आफ्ना नाममा १० वटाजति खाता खोलेका थिए । श्रीमती, आमा र सासुको नाममा खोलिएको बैंक खाता समेत उनैले चलाउँदै आएका थिए । गडबड गरेको रकम त्यही खातामा राख्थे र आफ्नो गलत काम लुगाउन घुस दिनुपरे त्यही खाताको रकम प्रयोग गर्थे ।
घुसबाफत् जग्गा लेनदेन
उदयपुरको कटारीमा काम गर्नुअघि उनले माई नगरपालिका, इलाममा रहँदा ३ करोड २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । त्यहाँ पनि उनले प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकालको नक्कली हस्ताक्षर प्रयोग गर्ने गरेको खुलेको छ ।
१ भदौ २०७४ मा उनले ११ करोड ७३ रुपैयाँ माई नगरपालिकाको खातामा सार्ने क्रममा ४९ लाख ८९ रुपैयाँ आफ्नो व्यक्तिगत खातामा सारेको भेटिएको थियो । फेरी अर्कोपटक ४५ लाख ९० हजार आफ्नो खातामा ताने । तेस्रोपटक ८९ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको खुल्यो । कतिसम्म भने लेखा अधिकृत रविनचन्द्रले सरुवा भएर गएका अरु कर्मचारीका नाममा समेत तलब भुक्तानी देखाएर आफैंले रकम कुम्ल्याएको खुल्यो ।
माई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकालले आफ्नो हस्ताक्षर किर्ते गरी रविनचन्द्रले रकम हिनामिना गरेको थाहा पाएपछि आपत्ती जनाए । कालिदासले कमिसन नपाएपछि आफ्नो विरोध गरेको आरोप रविनचन्द्रले लगाए । तर पछि उनीहरुबीच ‘मिलाएर खाने’ समझदारी भयो । प्रमुख प्रशासकीय अधिकृत ढकाल आफू नमुछिने शर्तमा ‘लाभ’ लिन तयार भए ।
रविनचन्द्र र कालिदासले जग्गा लेनदेनको समेत समझदारी गरे । रविनचन्द्रका अनुसार उनले पटक–पटक गरी कालिदासलाई १० लाख रुपैयाँ दिए ।
हिनामिना गरेको रकमबारे ‘लेखापरिक्षणका क्रममा कुनै गडबड नभेटिए’ ललितपुरको झरुवारासी वा झापाको बिर्तामोडमध्ये एक ठाउँको जग्गा प्रमुख प्रशासकीय अधिकृतले सहुलियतमा दिने समझदारी समेत बनेको अनुसन्धानमा खुल्यो । त्यसक्रममा एक जनाले आफ्नो विश्वासपात्रको नाममा जग्गा राख्ने र अर्कोले त्यस्तै विश्वासपात्रको खातामा रकम पाउने समझदारी गरे ।
इलामको माई नगरपालिकामा रहँदा लेखा अधिकृत रविनचन्द्र ढकाल दिनभर कार्यालयको काममा व्यस्त हुन्थे । राति सुटुक्क कार्यालय पुगेर गडबड भएको हिसाबकिताब मिलाउने गरेको उनीमाथि भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
रविनचन्द्रले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा समेत त्यसैगरी गडबड गरेका थिए । उनले २०७३ सालमा त्यहाँ १४ लाख ८९ हजार रुपैयाँ हिनामिना गरेको खुल्यो । दुर्गम हिमाली जिल्लाहरुमा सबै कर्मचारीको बैंक खाता नहुने भन्दै उनले स्वास्थ्य कार्यालयबाट आफ्नो खातामा रकम सार्थे र हिनामिना गर्थे ।
कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार, ढकालले झुक्याएर चेक कटाई रकम आफ्नो खातामा सारेका थिए । स्वास्थ्य निकायमा कार्यरत नै नभएका फाप्लुका एक कर्मचारीको नाममा समेत उनले रकम निकासा गराएर आफैंले राखेका थिए ।
आफ्न्तका नाममा जग्गा र नगद
सिन्धुलीको कमलामाई नगरपालिका–४ ढकालगाउँका स्थायी बासिन्दा रविनचन्द्र कालो धनको भरमा काठमाडौंमा स्थापित भइसकेका थिए । तर उनको झुटो धेरै समय टिकेन ।
लेखा अधिकृत ढकालले हिनामिना गरेको सरकारी रकम आफ्नो खातामा मात्रै राखेनन्, आमा र पत्नीको खातामा राखिदिए । केही रकम श्रीमतीकी दिदी (दिदीसासु) र साढुदाइको खातामा पठाए । दिदीसासु र साढुदाइको नाममा रहेको काठमाडौं ज्ञानेश्वरको ५ आना १ पैसा जग्गा लिएर डेढ करोड रुपैयाँ दिए ।
कमाईधन्दा मौलाउँदै गएपछि उनले सिन्धुलीमा १७ लाख रुपैयाँमा आमाको नाममा १४ कट्ठा जग्गा जोडिदिए । माई नगरपालिकामा रहेका एक साथीकी पत्नीलाई ३० लाख रुपैयाँ सापटी दिए । अनि त्यो रकम नगदै फिर्ता गरे पनि हुने वा जग्गा दिए पनि हुने भनी मौखिक सहमति गरे । आमा र सासुको नाममा पनि ८५/८५ लाख रुपैयाँ जम्मा गरिदिए । ६० लाख खर्चेर काकीको नाममा ललितपुरको झरुवारासीमा ४ आना जग्गा किने ।
रविनचन्द्रले २०७४ मंसिरमा विवाह गरेका थिए । उनकी पत्नी रिना आचार्य ढकाल महिला तथा बालबालिका मन्त्रालयमा सहायक महिला विकास निरीक्षक पदमा कार्यरत थिइन् । बिहेअघि नै रविनचन्द्रले रिनासँग संयुक्त रुपमा एउटा जग्गा किनेका थिए । रिनाको नाममा अर्को टुक्रा पनि किनेर राखेका थिए । ललितपुरको झरुवारासीमा उनीहरुले ११ आना जग्गा किनेका थिए ।
बारम्बार ठूलो रकमको कारोबार गर्न थालेपछि पत्नी रिनाले स्रोतबारे प्रश्न गरेकी थिइन् । श्रीमतीलाई उनले जवाफमा भनेका थिए, ‘पुर्ख्यौली सम्पत्ति धेरै छ । बुबा–ममी दुबै जागिरे हुनुहुन्छ । सिन्धुलीको घडेरी बिक्री गरेर ल्याएको हो ।’
परिवारका सदस्य र नातेदारको नामबाट ठूलो कारोबार देखिएपछि अख्तियारले रविनचन्द्र ढकालकी आमालाई सोध्यो । उनले खाता खोल्नेदेखि सबै काम छोराले नै गरिदिएको भन्दै आफ्नो कुनै भूमिका नभएको जवाफ दिइन् । ‘छोराले विभिन्न समयमा कागजातहरु सहीछाप गर्न लगाउँथे । मैले विश्वासमा परी सहीछाप गरिदिएकी हुँ,’ उनले बयानमा भनेकी थिइन्, ‘मेरो नामका विभिन्न खाताको रकम राख्ने र झिक्ने काम उनैले गरेका थिए । बैंकमा रकम राख्ने र झिक्ने गर्नुपर्छ भनी हस्ताक्षर गराएर लैजाने गर्थे ।’
उनकी श्रीमतीले पनि त्यस्तै जवाफ दिइन् । रिनाको बयान अनुसार, उनको नामको बैंक कारोबार रविनचन्द्र आफैंले गर्थे । उनले बयानमा भनेकी छिन्, ‘मेरो चेकको अगाडि र पछाडि सही गर्न लगाई चेक आफैं लिन्थे ।’ अनुसन्धानका क्रममा रविनचन्द्रको र उनका नातेदारका गरी १४ वटा चेकबुक भेटिएका थिए ।
छोटो समयमा अस्वाभाविक सम्पत्ती आर्जन गरेका रविनचन्द्रले लगानी पनि त्यही रुपमा गरेको देखिन्छ । उनले विष्णुपादुका गुठीको नाममा रहेको जग्गा खरिद गरेको भेटिएको छ । त्यो जग्गामापछि रिनालाई मोहीको रुपमा जनाइएको थियो । ज्ञानेश्वरमै किनेको जग्गा पनि पशुपतिनाथ भण्डार तहसिल गुठीको नाममा छ । यसमा उनका साढुदाइ र दिदीसासु (पत्नीकी दिदी) मोहीको रुपमा थिए । अनुसन्धानका क्रममा अख्तियारले ती सबै जग्गा रोक्का राख्यो ।
झण्डै एक दशकको कैद
सिन्धुलीको कमलामाई नगरपालिका–४ ढकालगाउँका स्थायी बासिन्दा रविनचन्द्र कालो धनको भरमा काठमाडौंमा स्थापित भइसकेका थिए । तर उनको झुटो धेरै समय टिकेन । अख्तियारले दायर गरेको मुद्दामाथि फैसला सुनाउँदै विशेष अदालतले उनलाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले ९ भदौमा उनलाई दोषी ठहर गरेकोमा बुधबार अधिकतम ९ वर्ष कैद सजाय तोकेको हो ।
‘ढकाललाई विभिन्न मुद्दामा फरक–फरक अवधि कैद किटान भएको छ’ विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने, ‘अधिकतम ९ वर्षको कैद सजाय ठहर भएको छ । कानून अनुसार अरु सजायहरु त्यसैमा खप्टिन्छन् ।’ उनले ४ वर्ष कैद सजाय भुक्तान गरिसकेकाले बाँकी ५ वर्ष उनी अझै कारागारमा हुनेछन् । भ्रष्टाचारको आरोपमा सजाय भुक्तान गरिरहेकाहरुले कैद छुट समेत पाउँदैनन् । स्राेत:अनलाइन खबर                                                                   उनको सेवा अवधि र भ्रष्टाचार  रकम तालिकामा हेर्नुहोस्

Tags: ९ वर्ष कैद सजायभ्रष्टाचाररविनचन्द्र : दुई वर्षमालेखा अधिकृतसाढे ७ करोड

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist