• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा भीम आचार्यको राजनीति- पावरमा हुँदा अरुलाई पेले, एक्लो हुँदा आफैँ पेलिँदै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ भदौ २९ गते, ९:१२ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरीमा भीम आचार्यको राजनीति- पावरमा हुँदा अरुलाई पेले, एक्लो हुँदा आफैँ पेलिँदै
49
SHARES
Share on FacebookShare on Twitter

धरान । राजनीति नियतिको खेल न हो, कसले कतिबेला र कसरी मौका पाउँछ टुंगो हुँदैन । कुनै वेला आफ्ना आलोचक र विरोधीलाई पार्टीबाटै किनारा लगाउने हैसियत बनाएका अहिले एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भीम आचार्य यही नियतिको खेलमा परेका छन् ।
विभिन्न राजनीतिक दलहरुले जिल्ला-जिल्लाबाट नेताहरुलाई उम्मेदवार बनाउन सिफारिस गर्ने लहर चलेको छ । कतिपय नेताले दुई-तीन क्षेत्रबाट सिफारिस पाएका छन् । थुप्रै नेता एकै क्षेत्रमा सर्वसम्मत सिफारिस भइसकेका छन् । तर, भीम आचार्य एमालेका एकजनामात्रै त्यस्ता केन्द्रीय नेता हुन्, जो गृह जिल्ला सुनसरीका चारमध्ये एउटा पनि संघीय निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिससमेत भएनन् ।
सुनसरीमा प्रदेशसभाका आठ निर्वाचन क्षेत्र छन् । त्यसमा पार्टीका नगर, वडा कमिटीसम्मका कार्यकर्ताको नाम सिफासिस हुँदा एमालेका केन्द्रीय सचिव, क्याबिनेट मन्त्री, मुख्यमन्त्रीसमेत भइसकेका भीमको नाम कतै आएन ।
एमाले विभाजनपछि माधव नेपालको साथ छोड्ने ‘१० भाइ’ भित्रका भीम विभाजनलगत्तै गत वर्ष भदौ १० मा दुई महिनाका लागि प्रदेश १ को मुख्यमन्त्री भए । उनका विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई महिनामै राजीनामा दिएका थिए ।
चुनावी श्रृंखला
२०७४ को निर्वाचनमा उनी सुनसरी क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ बाट २० हजार २११ मतका साथ निर्वाचित भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा सुनसरी क्षेत्र नं ६ बाट १४ हजार १०१ मतका साथ विजयी भएका थिए ।
त्यसअघि २०६४ को पहिलो संविधानसभामा पनि उनले सोही क्षेत्रबाट चुनाव जितेका थिए । २०६४ मा चुनाव जितेपछि एमालेको प्रमुख सचेतक भए । २०७० को जीतपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनले २०५१ र ०५६ को निर्वाचनमा पराजय व्यहोरेका थिए ।
उनले कुनै पनि निर्वाचनमा आफ्नो बसोबास भएको क्षेत्रबाट उम्मेदवारी दिएनन् । उनी सुनसरीको साविक मधेसा गाविस- ९ (हालको इनरुवा- ६) का बासिन्दा हुन् । २०५१ र २०५६ मा उनले क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका थिए । उनको गाविस क्षेत्र नं ३ मा पर्थ्यो । २०६४ र २०७० मा क्षेत्र नं ६ बाट चुनाव उठे । त्यस वेला पनि उनको गाविस क्षेत्र नं ३ मा पर्थ्यो, जहाँबाट २०६४ मा एमालेकै धर्मराज निरौला र २०७० मा रेवती भण्डारीले जिते ।
२०७४ को निर्वाचन हुँदा उनी पार्टीका केन्द्रीय सचिव र प्रदेश १ का इञ्चार्ज थिए । यसकारण मुख्यमन्त्री बन्ने अभिलाषाका साथ निर्वाचन क्षेत्र नं १ को ‘ख’ रोजे । चुनाव त जिते । तर, मुख्यमन्त्री हुन पाएनन् । एमालेले संसदीय दलको नेता स्वतः मुख्यमन्त्री हुने नीति लियो । संसदीय दलको नेताका लागि दलभित्र भएको चुनावमा शेरधन राईसँग आचार्य दुई मतले पराजित भए । फलतः शेरधन नै मुख्यमन्त्री बने ।
विवादास्पद छवि
२०७४ को स्थानीय निर्वाचनमा मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट वितरणका क्रममा आर्थिक मोलमोलाई गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि आचार्य विवादमा मुछिएका थिए । सुशील कोइराला प्रधानमन्त्री भएको सरकारमा पर्यटनमन्त्री हुँदा उनी पदच्युत गरिएका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदारहरुसँग आर्थिक मोलमोलाई गरेको घटनाका कारण उनी मन्त्रीबाट हटाइएका थिए ।
यसबाहेक आर्थिक मामिलामा उनीविरुद्ध अनगिन्ती उजुरी पार्टीका विभिन्न नेताकहाँ पर्ने क्रम चलिरह्यो । आचार्यमाथि पार्टीको प्रदेश १ को कमाण्ड गर्दा टिकटमा आर्थिक चलखेल गरेकोदेखि पार्टीभित्रका आफ्ना आलोचक तथा असहमत नेता कार्यकर्तामाथि बुल्डोजर चलाएको आरोप लाग्यो ।
जिल्लामा कम परिचित
सुनसरीका अन्य एमाले नेताको तुलनामा आचार्य जिल्ला कम बसेका कारण कम परिचित नेता मानिन्छन् । जिल्लामै बसेर उनीभन्दा पहिलेदेखि काम गरेका नेताहरु अझै केन्द्रीय राजनीतिमा स्थापित भएका छैनन् । तर, आचार्य भने काठमाडौंबाट विद्यार्थी राजनीतिमा सरिक भएका कारण केन्द्रीय नेताका रुपमा अगाडि बढे ।
उनी २०३६ सालको विद्यार्थी आन्दोलनदेखि तत्कालीन अनेरास्ववियु (पाँचौं) मा आवद्ध भएका हुन् । उनले पुल्चोक इञ्जिनियरिङ र सरस्वती क्याम्पसको स्ववियु सचिवका रुपमा काम गरे । अखिलको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिव भए । २०४६ को जनआन्दोलनमा उपत्यका परिचालन कमिटीमा रहेर काम गरे । जनआन्दोलनपछि झलनाथ खनालको जोडबलमा जिल्ला पार्टी सचिवको जिम्मेवारीसहित सुनसरी पुगे । उनले झलनाथकी भतिजी नीरासँग विवाह गरेका हुन् । उनलाई अहिले पनि जिल्लामा आगन्तुक नेताका रुपमा हेर्ने गरिन्छ ।
पालैपालो पेलान
२०७४ को निर्वाचनमा उनी प्रदेश १ मा एमालेका शक्तिशाली प्रदेश इञ्चार्ज थिए । २०७० को निर्वाचनमा सुनसरी- २ बाट चुनाव जितेका रेवती भण्डारी त्यस वेलासम्म झलनाथ पक्षीय थिए । चुनाव जितेर काठमाडौं आएपछि रेवती आफैं मन्त्री बन्ने दौडमा लागे । तर, मन्त्री चाहिँ भीम बने ।
त्यहाँदेखि भीम र रेवतीको सम्बन्धमा दरार आयो । यो श्रृंखला २०७४ को निर्वाचनसम्म कायम रह्यो । उक्त निर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने नाममा भीमले नियतबस रेवतीको क्षेत्र माओवादीको भागमा पारे । जबकि माओवादीले त्यहाँको उम्मेदवारीमा दाबी नै गरेको थिएन । यसपछि एक किसिमले रेवतीको राजनीति संकटमा पर्‍यो ।
त्यही चुनावमा उनले आफ्नो प्रतिस्पर्धी ठान्ने जगदीश कुसियैतलाई क्षेत्र नं ४ बाट संघीय सांसदको टिकट दिएनन् । कारण हो, कुसियतले जिते उनी मन्त्री बन्ने सम्भावना थियो । आफूबाहेक जिल्लाबाट अरु कसैलाई मन्त्री बन्न नदिन उनले कुसियतलाई प्रदेशमा टिकट दिए । चुनाव जितेपछि शेरधनको सरकारमा कुसियैत पूरै कार्यकाल मन्त्रीका रुपमा रहे ।
भीमको पेलानमा परेपछि रेवतीले झलनाथ समूह त्यागे, ओली निकट भए । कुसियैत पहिल्यैदेखि ओली निकट थिए । अहिले सुनसरी एमालेमा भीमको ‘दाल’ गल्दैन । भीम आचार्य पक्षधर जिल्लाका परिचित अनुहार नन्द बस्नेतदेखि लोकेश निरौलासम्म सुनसरी एमालेको अधिवेशनबाटै जिल्ला कमिटीबाट बाहिरिएपछि उनको पक्षमा बोल्ने मान्छे पनि छैनन्  ।
२०७४ को निर्वाचनमा भीमले रेवती र जगदीशलाई छानीछानी पेले । जबकि त्यसवेला टिकट दिइएको भए दुवैले चुनाव जित्ने सम्भावना थियो । संघीय संसदमा सुनसरीबाट जम्मा १ सीट जितेको एमालेले यदि रेवती र जगदीशलाई टिकट दिएको भए ती दुई सीट पनि जित्ने सम्भावना थियो ।
अहिले एमालेको जिल्ला अध्यक्ष उनै रेवती छन् । रेवती र भीमको निर्वाचन क्षेत्र नं २ हो । सुनसरीका १, ३ र ४ बाट संघीय संसदको लागि सर्वसम्मत नाम सिफारिस भइसकेको छ । १ बाट जयकुमार राई, ३ बाट भगवती चौधरी र ४ बाट जगदीश कुसियत सर्वसम्मत सिफारिस भएका हुन् । क्षेत्र नं. २ बाट पनि रेवतीको नाम सर्वसम्मत भइसकेको छ ।
तर, भीम पार्टीको स्थायी कमिटी सदस्य त्यही क्षेत्रमा हुँदाहुँदै नाम नपठाउँदा अप्ठेरो पर्ने कारण अन्तिममा मात्रै नाम पठाइने भएको छ । रेवतीले भीमको नाम भएको सिफारिसमा आफूले हस्ताक्षर नगर्ने अडान लिएका छन् ।

Tags: अरुलाई पेलेएक्लो हुँदा आफैँ पेलिँदैभीम आचार्यकोराजनीति- पावरमासुनसरीमाहुँदा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist