शुभनारायण यादव/ सप्तरी । नेपाल भारत स्थित सप्तरीको तिलाठि काेइलाडि गाउँपालिका वडा न.१ स्थित दस गाजामा एक नेपाली पुरुषको बेवारिसे शव फेला परेकाे छ । अन्दाजि २८/३० बर्षिय एक नेपाली पुरुषकाे शव बेवारिसे अवस्थामा आज बिहान शव फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक युवककाे शव बेवारिसे अवस्थामा फेला परेकाे तर के कुन कारणले उनकाे मृत्युु भएको खुल्न नसकेको बताउनुभयो । नेपाल भारत स्थित दस गाजाकाे बाेडरमा उक्त पुरुषकाे बेवारिसे अवस्थामा शव फेला परेकाे तर नेपाली देखिने उक्त पुरुषकाे के कुन कारणले मृत्युु भएको खुल्न नसकेपनि साे घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । यता मृतक युवककाे शव पाेष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा पठाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको बिओपी तिलाठिका सशस्त्र प्रहरी निरिक्षक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post