• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रोफेसर यादव जनताको सुख दुख बुझ्दै छठी पुजामा सरिक

वर्तामान तथा पुर्व मन्त्री स्थानीय द्वारा आलोचित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक १३ गते, २२:०४ बजे प्रकाशित
in FEATURE, Uncategorized, अन्तरवार्ता, अपराध खबर, अर्थ पाना, कला, कला पाना, खेल पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रोफेसर यादव जनताको सुख दुख बुझ्दै छठी पुजामा सरिक
55
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरी क्षेत्र नं ४ मा हिन्दुहरुको महान् पर्व छठ पूजाको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइ मनाएको छ । आज साँझ घर देखि खोला सम्म बनाइएको छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिएका छन्।

चार दिनसम्म मनाइने छठ पूजाको आज विशेष दिन हो । आज व्रतालुसहित परिवारका सदस्यहरू घरनजिकको पोखरी, नदी, जलाशय तथा कृतिम पोखरीमा निर्मित छठी घाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

उता नयाँ–नयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पातसहितको मूलालगायतका फलफूल र प्रसाद राखेर अर्घ दिएका छन्।

अर्घपछि केही व्रतालु घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन  । अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन्।

छठ पूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन्। छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत  रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुअघि निराहार व्रत बस्ने गरेका छन् ।

राजनितीक हिसावले अति नै चासोको रुपमा हेरिएको सुनसरी निर्वाचन क्षेत्र नं ४ मा यसवर्षको छठ पर्व  गत वर्षको भन्दा फरक तरिकाले मनाइएको छ । कहिले छठ पर्वमा अनुहार नदेखाएका सरकारी कुर्सिमा रमिता हेरेर बसेका सञ्चार, सूचना तथा प्रविधि र कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की समेत यस बर्ष मतदाताहरुलाई देखाउनका लागि सुनसरी खोला घाट पुगेर अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन । मन्त्री कार्की सत्ता गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यक्ष तर्फका उम्मेदवार समेत हुन् । मन्त्री कार्की मतदाता फकाउन विभिन्न बहानाबाजी गर्न समेत पछि नपर्ने र आफ्नै क्षेत्रको जनतालाइ दुख र पिडा हुदा समेत आफु काठमाडौं बसेर रमिता हेरेको स्थानीय मतदाता रामकुमार यादवको कथन छ । त्यस्तै गत वर्ष मात्रै बेमौसमी बाढीका कारण सुनसरी क्षेत्र नं ४ का बाढी प्रभावित जनताहरु घरबार विहिन बने पनि कार्कीको नजर जनता प्रति नगएको र अहिले आएर कार्कीको अनुहार दिनदिनै गाउँगाउँमा देखिन थालेको सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र तर्फका उम्मेदवार बालेश्वर यादव  बताउँछन ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार प्रोफेसर कुञ्जीलाल यादव विभिन्न छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिएका छन । प्रोफेसर यादव प्रत्येक वर्ष झैं यस वर्ष पनि विभिन्न घाटमा पुगेर छठी माताको पुजा अर्चनामा सरिक भएका छन । जनताको सुख दुख बुझ्ने ब्यक्तिको नामले परिचित प्रोफेसर यादव विभिन्न घाटमा पुगेर यस पालि पनि आमजनताको समस्या बारे छलफल गर्दै आफु निर्वाचित भएको खण्डमा समस्याहरुको समाधान गर्न तर्फ जोडतोडले लाग्ने समेत बताएका छन ।

उता जसपा र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवार पुर्व मन्त्री समेत रहेका जगदिश प्रसाद कुसियैत समेत यस वर्षको छठ पर्वमा सरिक भएका छन । पुर्व मन्त्री समेत रहका कुसियैतले मन्त्री पदमा रहदा खासै उल्लेखनिय काम गर्न नसकेको कारण आलोचना खेप्नु परेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विद्यानन्द यादव पर्यटकीय उम्मेदवार रहेको देखिएको छ । निर्वाचन लड्ने बेला  क्षेत्र नं ४ रोज्ने तर छठ मनाउन क्षेत्र नं ३ मा मात्र सिमित रहेको आरोप स्थानीय मतदाताहरुले लगाएका छन ।

Tags: कुञ्जी लाल यादवजनताको सुख दुख बुझ्दै छठी पुजामा सरिकप्रोफेसर

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist