शुभ नारायण यादव /सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा वाम–लोकतान्त्रिक गबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र प्रदेश सभा २ (ख)का उम्मेदवार उमेश कुमार यादव र प्रदेश सभा २(ख)का उम्मेदवार सरोज मंडलले मतदातालाई रिझाउन घरदैलो अभियानलाई तिब्रता दिएका हुन् । उनीहरुले सोमबार बिहान राजविराज नगरपालिका वडा नम्वर १ चनौरामा घरदैलो अभिया सम्पन्न गरेका छन् । चुनावी अभियान लिएर मतदाताको घर–घरमा पुगेका उम्मेदवारहरुले कृषि र रोजगारी अवसर सृजना गर्ने प्रतिवद्धता समेत जनाएका छन् । यस वडाका बासिन्दाहरुलाई गठबन्धनको बारेमा जानकारी गराउँदै निर्वाचनमा साईकल र गोलाकार हसिया हथौडामा मतदान गरी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरेका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post