काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयले सहायक निरीक्षक सत्यनारायण यादवको सुनुयोजित हत्या र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा मुछिएका सईलाई विभागिय कारबाही सुरु गरेको छ ।बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आचरण विपरित कार्य गर्ने दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडी बढाएको हो ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुर्याएर कार्यालय फर्कने क्रममा दिईएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post