• pradeshpoint
  • Pradeshpoint
Tuesday, April 21, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत

उम्मेदवार अन्तर्वार्ता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक १६ गते, १०:१९ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, पालिका खबर, स्थानीय खबर
उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत
89
SHARES
Share on FacebookShare on Twitter

इनरुवा- निर्वाचन नजिकिदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा प्रतिष्पर्धा बहुपक्षिय हुने देखिएको छ । नेपाली काँग्रेस, जसपा-एमाले गठबन्धन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का बिच बहुपक्षिय प्रितष्पर्धा हुने तय छ । विगतका चुनावमा जित हासिल गरेका ज्ञानेन्द्र कार्की, जगदिश कुसियैत पुराना अनुहार हुन भने लोसपाबाट उम्मेदवारी दिएका प्रोफेसर कुञ्जी लाल यादव नयाँ अनुहार हुन । लोसपाका उम्मेदवार कुञ्जी लाल यादव रसायनशास्त्रका प्रोफेसर समेत हुन । भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ निवासी यादव समाजसेवी समेत रहेका छन । उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनतामा उत्साह देख्न सकिन्छ । आउनुहोस प्रतिनिधिसभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार प्रोफेसर कुञ्जी लाल यादव सँग केहिबेर कुराकानी गरौं ।

१. सुनसरी निर्वाचन क्षेत्र नं ४ मा तपाइको उम्मेदवारी किन ?

-संघियताको मर्म र मान्यता विपरित अन्यत्र बाट आयातित उम्मेदवारी सँग असहमत रहेको साथै यस क्षेत्रको समग्र विकास एवं समृद्धिको लागि मैले प्रतिनिधिसभाको सुनसरी संघीय निर्वाचन क्षेत्र नं ४ बाट संघीय सांसद पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु । आयातित उम्मेदवारका साथै काम गर्न नसक्ने पुर्व मन्त्री सँग कदापि समर्पण होइन त्यसको विरुद्धमा भावि पुस्ताको लागि सघर्ष गरी यो क्षेत्रको सर्वाङ्गीन विकासको लागि मेरो उम्मेदवारी दिएको छु ।

 

२ . तपाइलाइ ज्ञानेन्द्र कार्की जिताउन तथा जगदिशको मत काट्नको लागि उम्मेदवारी दिएको हो भन्ने आरोप लाग्ने गरेको छ नि, के भन्न चाहनुहुन्छ ?

-यो चुनावी प्रोपागान्डा मात्र हो । मेरो उम्मेदवारीले गर्दा त्रसित भएका नेपाली काँग्रेस र एमाले जस्ता दलका उम्मेदवारहरुको प्रपञ्च हो । मैले बाहिरिया उम्मेदवार भगाउनका लागि विगत १ वर्ष देखि यो क्षेत्रमा भेटघाट गर्दै आएको छु । टुरिष्ट उम्मेदवारलाइ यहाँबाट लखेट्नका लागि पहिलो आवाज उठाउने म नै हुँ । म १ वर्ष देखि घरदैलो गर्दै हिडेको हो एमाले कहाँ थियो त्यतिबेला । अहिले मैले उठान गरेको मुद्दालाई आफ्नो भनि एमाले प्रचारवाजीमा उत्रिएको छ । त्यसैले भ्रममा नपर्न म यो क्षेत्रको जनतालाइ अपिल गर्न चाहन्छु ।

३. बाहिरिया भनिएका उम्मेदवार पनि त यहिँको बासिन्दा भइ सकेका छन नि ?

– अहिले चुनावलाइ लक्षित गरेर बसाइसराइ गर्नु भएको हो उहाँले । । जो यहाँ जन्मियो हुर्कियो उ यहाँको रैथाने हो, नकि आज आएर बसाइसराइ गरेर आएको उम्मेदवार । यहि माटोमा जन्मने हुर्किनेले आफ्नो क्षेत्रको लागि जति चासो देखाउछ त्यो अरुले देखाउन सक्दैन । त्यसैले म यो क्षेत्रको आम मतदाता दिदी दाजुभाइलाइ सचेत रहन आग्रह गर्न चाहन्छु ।

४. अर्का उम्मेदवार जसपा- एमाले गठबन्धनका जगदिश कुसियैत बाट तपाइलाइ कतिको चुनौति रहेको देख्नुहुन्छ ?

-हो उहाँ यहाँको कोशी गाउँपालकाबासी हो । यस क्षेत्रको बासिन्दा भएतापनि उहाँलाइ विभिन्न समयमा निर्वाचित गरेर हामीले नै पठाएका थियौं तर हामिले के पायौं त ? सरकारी गाडीको झन्डा हल्लाएर कोशी गाउँपालिकाको घर आउने जाने  र नेकपा एमालेका निकटका कार्यकर्ता पोस्ने भन्दा अरु के नै गर्नु भयो र उहाँले ? आजको जनताले यो सवाल उहाँसँग गर्नु पर्छ । झुटको खेति गरेर कति पटक जनतालाइ धोका दिनसकिन्छ र ? अहिलेका जनता धेरै सचेत भइ सकेका छन । फेरि जगदिशजी लाइ भोट दिएर त्यहि नियति दोहोर्यानका लागि यहाँका जनता तयार छैन यसपालिको चुनावमा ।

५. तपाइको यो चुनावको लागि के के ऐजेन्डा लिएर जाँदै हुनुहुन्छ ?

– प्रतिनिधिसभाको संघीय सांसद पदमा मेरो उम्मेदवारी निम्न मुख्य उद्देश्यहरु प्राप्तिका लागि हुनेछ ।

  • राष्ट्रियता

राष्ट्र र राष्ट्रियता एक अर्काको पुरक हुन । राष्ट्रियता हरेक नेपाली नागरिकको अन्तरनिहित भावनात्मक कडी हो जो सदैव राष्ट्र प्रति समर्पित रहन्छ । देशको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय एकताको लागि म सदैव कटिवद्धभइ समर्पित रहने छु ।

  • पहिचान

क.राष्ट्रिय पहिचान

नेपाल परापूर्व काल देखि तपोभूमिको रुपमा परिचित रहेको हिन्दु संस्कृतिको देश हो जहाँ ९० प्रतिशत भन्दन बढी हिन्दु धर्मावलम्बी तथा बुद्धिष्ट लगायत ॐकार परिवार छन तसर्थ सर्व धर्म स्वतन्त्र सहित “सनातन हिन्दु राष्ट्र नेपाल ” कायम गरी विश्वमा छुट्टै राष्ट्रिय पहिचान गरिनु पर्छ ।

ख. क्षेत्रिय पहिचान

नेपालसँग समग्र बिकासको लागि हाल कायम रहेको संघीय व्यवस्था अन्तर्गत क्षेत्रीय पहिचान र सामर्थ्यको आधारमा प्रदेशहरुको पुनर्गठन गरि आवश्यक प्रदेश संख्या कायम गर्नुका साथै तीनै तहको सरकारको अधिकार सनिश्चित गरी राज्य संचालन गरिनु पर्छ ।

ग. सामाजिक पहिचान

विविधतापुर्ण नेपाली समाज का सबै नागरिकहरुले आ-आफ्ना धर्म, संस्कृति र परम्पराका आधारमा स्वतन्त्र रुपमा कार्यहरु गर्न पाउनु पर्छ ।

घ. जातिय पहिचान

नेपालका सबै जात जातिको राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व हुनु पर्छ ।

  • लोकतन्त्र र समाजवाद

सबै मानिसको आफ्नो व्यक्तिगत स्वतन्त्रता एवं समृद्धिको आधारमा नै लोकतन्त्र हो । लोकतन्त्र भनेको जिवन प्रणाली हो  जसमा हरेक व्यक्ति स्वतन्त्र रुपमा बाँच्न पाउने सामाजिक न्याय, कानुनी राज्यको माध्यमबाट समग्र बिकास तथा समृद्धि हासिल गर्नु नै समाजवाद हो ।

  • स्वास्थ्य

हरेक मानिसको स्वास्थ जिवन प्रणाली आवश्यक छ । जसले दिर्घ आयुका साथै विकास र समृद्धि हासिल गर्न मद्दत पुर्याउँछ । प्रत्येक नागरिकको स्वास्थ्यको लागि आवश्यक सुविधा पुर्याउने सरकारको दायित्व हो । तसर्थ उक्त स्वास्थ्य व्यवस्थाको लागि प्रतिनिधिसभा को निर्वाचन क्षेत्र नं ४ अन्तर्गत एक अत्याधुनिक अस्पताल स्थापनाका साथै प्रत्येक वडामा सुविधा   -सम्पन्न स्वास्थ्य चौकीको व्यवस्था गर्न आवश्यक कार्य गर्ने गराउने ।

-प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य परिक्षण गर्न आवश्यक व्यवस्था मिलाउने ।

-हरेक नागरिकको निशुल्क स्वास्थ्य बिमाको लागि आवश्यक व्यवस्था मिलाउने ।

-जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार गर्न सरकार सँग माग गरी आवश्यक व्यवस्थापन गराउन पहल गर्ने ।

  • शिक्षा

सबैले समान रुपमा गुणस्तरिय शिक्षा हासिल गर्न पाउनु पर्छ र सोको लागि आवश्यक व्यवस्था मिलाउने सरकार को दायित्व हो । तसर्थ यस नि.क्षे.नं ४ मा उक्त कार्यको लागिः-

-सरकारी विद्यालयहरुमा आवश्यक भौतिक साधनहरु उपलब्ध गराउने कार्य गर्ने गराउने ।

-गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि दक्ष शिक्षक शिक्षिकाहरुको व्यवस्थापन गराउने कार्य गर्ने ।

-सरकारी विद्यालयहरुमा बाल शिक्षा देखि नै अँग्रेजी भाषाको माध्यम लगायत नेपाली तथा स्थानीय मातृभाषामा विद्यालयले शिक्षा प्रदान गर्न सरकारबाट आवश्यक कार्य गराउने व्यवस्था मिलाउने ।

-बाल शिक्षा देखि कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्न नेपाल सरकारको माध्यम बाट व्यवहार मै कार्यान्वयन गराउन आवश्यक कार्य गर्ने ।

-हालको शिक्षा प्रणालीमा आमुल पिवर्तन गरी अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सरकारसँग माग गरी सोको लागि आवश्यक कार्य गर्न ।

  • रोजगारी

रोजगारी गर्न सक्ने हरेक नागरिकले रोजगारी पाउनु पर्छ यस क्षेत्रमा सोको लागिः-

-शिक्षित बेरोजगारहरुलाइ लोकसेवा लगायत अन्य सरकारी नोकरीको लागि आवश्यक कक्षाहरु सञ्चालन गर्ने गराउने

-विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुको लागि आवश्यक निशुल्क तालिम र परामर्श प्रदान गर्ने गराउने ।

-व्यवसायीक तालिम तथा उच्च शिक्षा हासिल गर्न नसकेका जनशक्तिहरुको लागि उद्योगपतिहरु मार्फत आवश्यक उद्योगहरुको स्थापना गराइ रोजगारको प्रत्याभुति गर्ने गराउने ।

  • आर्थिक उन्नति

समग्र विकास र समृद्धिको लागि हरेक नागरिकको आर्थिक उन्नति हुनु अत्यारवश्यक छ जसका लागि निम्न आधारहरु  बाट पुरा हुन सक्ने छ ।

-मुख्य रुपमा कृषि उत्पादनमा वृद्धि गराउने आवश्यक व्यवस्थापन मिलाउने कार्य गर्ने गराउने ।

-कृषि उत्पादन गर्न का लागि समायमै बिउ, मलखाद्य, सिंचाइ, किटनाशक औषधि आदिको अभाव हुन नदिनका लागि आवश्यक प्रबन्ध मिलाउने कार्य गर्ने गराउने ।

-कृषि उत्पादनका सामाग्रीहरुको सरल र सुलभ बजार व्यवस्थापन मिलाउने कार्य गर्ने गराउने ।

-किसानहरुलाइ सरल र सुलभ तरिकाबाट कृषि ऋणको लागि सरकारसँग माग गरी सो को लागि कार्यहरु गर्ने ।

-कृषि विकास बैंकलाइ व्यापारिक बैंक होइन किसानको बैंक बनाउन प्रतिनिधिसभामा आवाज उठाउने छु । किसान लाइ सरल रुपमा २% ब्याजमा कृषि ऋणको व्यवस्थाको लागि कानून बनाउने प्रस्ताव पेश गर्ने र सोको लागि सँघर्ष गर्नेछु ।

-साना किसानको लागि बिना धितो एक लाख सम्म २% ब्याजमा खेती गर्न कृषि ऋण उपलब्ध गराउन प्रतिनिधिसभामा प्रस्ताव राखी उक्त प्रबन्ध गर्नका  लागि पहल गर्नेछु ।

-यस क्षेत्रको प्रत्येक वडाँमा “किसान कृषि सहकारी” खडा गराउने कार्यमा सहयोग गर्ने र सो मार्फत किसानहरुको आर्थिक उन्नति गराउन पहल गर्नेछु ।

-कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको बिकास  र सुदृढ गर्नका साथै घेरा बेरा गराउने कार्यमा सरकारसँग माग गरि प्रकृया अघि बढाउन प्रयत्न गर्ने छु ।

-कोशी टप्पु क्षेत्रलाइ आधुनिक पर्यटकीय क्षेत्र बनाउन आवश्यक कार्य गर्ने गराउने छु  जसबाट स्थानीय नागरिकहरुको आर्थिक उन्नतिमा टेवा पुग्न जानेछ ।

-साना उद्योगहरु स्थापना गराउन सम्बन्धीत उद्योगीहरुसँग समन्वय गरि कार्य अघि बढाउने छु जसबाट अधिक भन्दा अधिक स्थानीय बासी लाभान्वित हुनेछन ।

  • सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्व

सबै नेपाली नागरिकले समान रुपमा लोकतान्त्रिक हक र अकारको उपभोग गर्न पाउनु पर्छ तसर्थ हरर्क लर् सामाजिक न्यायको आधारमा राज्यको प्रत्येक अँगमा समानुपातिक प्रतिनिधित्व पाउनु पर्छ भन्ने मेरो मान्यता हो र सोको लागि आवश्यक कार्य गर्नेछु ।

 

६. तपाईको जितको आधार चाँही के के देख्नु हुन्छ ?

-जितका धेरै आधारहरु रहेका छन । यो निर्वाचन क्षेत्रको विडम्वना के रहेको छ भने यहाँ सधैं बाहिरिया नेता आएर जितेर गएको छ । उदाहरणका लागि  वि सं २०५१ सालमा मध्यावधि निर्वाचनमा विराटनगरबाट सम्मानीय गिरिजा प्रसाद कोइराला, वि सं २०५२ सालमा उपनिर्वाचनमा विराटनगरबाट माननीय हरि सापकोटा,  वि सं २०५६ सालमा विराटनगरबाट सम्माननीय गिरिजा प्रसाद कोइराला, वि सं २०६४ सालमा विराटनगरबाट माननीय सुजाता कोइराला र सप्तरी बाट माननीय उपेन्द्र यादव , वि सं २०७० सालमा सप्तरीबाट उपेन्द्र यादव,  वि सं २०७४ सालमा भोजपुर बाट माननीय ज्ञानेन्द्र वहादुर कार्की , वि सं २०७९ सालमा भोजपुरबाट पुनः माननीय ज्ञानेन्द्र वहादुर कार्की र सुनसरी निर्वाचन क्षेत्र नं ३का विद्यानन्द यादव को उम्मेदवारी । अब पहिला जस्तो रहेन, अहिले आएर जनता धेरै सचेत भएका छन । बाहिरियालाई खोज्न जानु पर्छ तर म यहाँको धर्तिपुत्र हुँ । मेरो घर यहिको मतदाताहरुको विच रहेको छ । यहाँको जनताको सुख दुखमा मैले जतिको अरुले गर्ने कुरामा शंका रहेको छ ।

म यहाँको रैथाने भएको हुनाले मैले जति यो ठाउँको समस्या बुझेको छु र साथसाथै भोगेको छु त्यो अरुले भोगेको छैन । तसर्थ यहाँको समस्याहरुलाइ कसरि र कुन प्राथमिकतामा गर्नु पर्छ भन्ने मलाइ थाहा छ । तसर्थ यस पालिको चुनावमा यहाँका जनताले मलाइ अत्यधिक बहुमतका साथ विजयी गराउने छन भन्ने कुरामा कुनै शंका छैन ।

 

Tags: उम्मेदवारीप्रोफेसर यादवभद्र भलादमीसमाजसेवी

Related Posts

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा
FEATURE

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
0

काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक...

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist