• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

आउँदो मंसिर ४, सुरु भयो चुनाबी प्रचार, काम कम प्रचार बढी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक १६ गते, १७:०० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
आउँदो मंसिर ४, सुरु भयो चुनाबी प्रचार, काम कम प्रचार बढी
22
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं.४ यतिबेला सबैको चासोको विषय बन्दै गएको छ ।
संचार तथा सुचना प्रविधि एंव कानुन मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादर कार्की यस पटक दोश्रो कार्यकालका लागि भन्दै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.४ मा दलवलका साथ मत माग्न आएपछि चर्चा र चासो जिल्लाको अन्य क्षेत्रको तुलनामा बढी नै देखिएको छ ।
मन्त्री कार्कीको क्षेत्रमा काण्डै काण्डको आरोप र आलोचना मतदाताले गर्न थालेपछि चुनावी माहौल झनै तातिएको छ ।
कार्कीले आफ्नो क्षेत्रमा ४ पटक सम्म नेपाल टेलिकमको सेवा विस्तार गरेको उद्धघाटनलाई चर्चा र प्रचारवाजी गरेपनि मोवाइल नेटवर्क नटिपेको काण्ड होस् की डेढ दश्क अघि निर्माण सम्पन्न भएको नेपाल भारत मैत्री भवन महेन्द्र मावि महेन्द्रनगर उद्धघाटन काण्ड होस् की मतदातालाई लौकही टनहल निर्माण गरेको झुठो अश्वासन सम्मको काण्डै काण्डमा फसेकाले मतदाताहरु यसपटक रुष्ट देखिएका छन् ।
कार्की आफ्नो क्षेत्रमा विकास भन्दा फेसबुके र अनलाइनमा प्रचारवाजी बढी गरेकाले उनी आवद्ध पार्टीकै कार्यक्रर्ताहरु रुष्ट बनेका छन् ।
सत्ता र शक्तिमा रहेको कारण आफ्नो प्रचार प्रसारमा प्रयोग गरिएका भनिएको भडाको गाडीमा जिल्लाको २ पालिकाकै सरकारी तेल र अंगरक्षक तथा अन्य सहयोगीहरु राखेर गाउँ पसेपछि मतदाता झनै आक्रोशीत बनेका छन् ।
कार्कीको एक महिनाको सुनसरी आगमन मनोनायन दार्ता र बिराटनगर विमानस्थलमा स्वागत र बिदाई गर्ने कार्यमा समेत सरकारी फुलमाला, सरकारी इन्धन र सरकारी सावारीको समेत दुरुपयोग भएको उनी र उनी निकट नेता कार्यक्रर्ताहरुको फेसबुक सजावटले पुष्टि गरेको स्थानीय मतदाता पप्पु यादवले दाबी गरेका छन् ।
मन्त्री कार्की जनताको सेवक भन्दापनि शासकको रुपमा देखिएको र पार्टीमा पनि साझा नेता भन्दा सिमित गुटको नेताको रुपमा परिचालित भएपछि कार्यक्रर्ताहरु रुष्ट बनेको यादवको दाबी छ ।
उता युवा नेता चन्दन यादवले आफ्नो फेसबुकवालमा आउँदो पुस्तालाई अहिलेको ठेकेदार पाल्ने नेताहरुलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।
यादवले फेसबुकमा लेखेका कुरा जस्ताको त्यस्तै ………. सुन कथा एउटा गीत , हार मेरो हो कि जीत
नेपाली काङ्ग्रेस मैले सुन्दा म सायद ४÷५ मा पढ्थे । मेरो घर तत्कालीन लौकहि गा वी स वार्ड न ५ हाल कोशी गा पा १ रहेको त्यस बेला नेपाली काङ्रेस को पार्टि कार्यालय हुने गर्थ्यो । स्व गीरिजा प्रसाद कोईराला÷ नुना कोइराला÷ सुजाता कोइराला÷ हरि साप्कोटा ÷ हरिनाथ बास्तोला ÷ खलिल मिया जस्ता नेतालाई प्रत्यक्ष हेर्ने सुन्ने मौका पाएको थिए । काठ्माण्डौको अध्य्यनको बेला राजनिति बुझ्ने मौका पाए । विभिन्न आन्दोलनमा समेत होमिए, संकट्कालमा आर्मि द्वारा नजरबन्दमा समेत परे । बल्ल लोकतान्त्रिक बिचार र यस्को महत्व बारे बुझ्दै जादा नेपाली काङ्ग्रेस सङ्गको एक लगाव झनै बढेर गयो ।
इनरुवा मेरो जन्म्भुमी भएकोले यहाँको माटोको सुगन्धले नै मलाई यहाँ कै बनायो । ने का को नेतृत्वमा ६३को आन्दोलनमा यहाँ बाटै आफ्नो भुमिका निभाए । मधेश र मधेशीको हक अधिकारको लागी स्वतन्त्र रुपमा अफ्नो ज्यानको माया नगरि मधेश आन्दोलनमा राम्रै भुमिका निर्वाह गरेर लडेको स्मरण छ ।
काङ्ग्रेस प्रतिको माया र लगाव एस्तो थियो कि मानौ यहि बर्तमान र यहि भविष्य हो । विद्यार्थी जीवनमा पैसा नहुदा पनि आमा सङ्ग पैसा मागेर ÷ सुन धितो राखेर १००० औ झन्डाको पैसा तिर्ने गर्थे । किन भने लाग्थ्यो मैले एसो गरिन भने कहि मेरो काङ्रेस पछि पो पर्ने हो कि ? कहि मेरो काङ्रेसलाई कसैले उछिन्ने पो हो कि ? साइकलमा दिनको २० कि.मी. आदर्णिय दाई सुनिल साह सङ्ग पुरै क्षेत्र घुम्न गइन्थ्यो , जय नेपाल भनिन्थ्यो । त्यो जोश सब्दमा बयान गर्न सकिदैन ।
लाग्थ्यो मेरो काङ्रेस सबै भन्दा उचित बिचार बोकेको पार्टि हो । यहाँ भएको नेतृत्व सबै भन्दा उत्तम र कुशल नेता हुन । मेरो काङ्ग्रेसमा कुनै दाग लाग्नु हुदैन । मेरो काङ्रेसको लागी कहि कतै बाट कटाक्ष सुन्न नपरोस । मेरो काङ्रेस को रक्त रन्जित चार तारे झन्डा मेरो राष्ट्र झन्डा पचाडि को झण्डा हो जहाँ गर्वका साथ सम्मानमा सिर निहुरिने गर्छ सलामका लागी हाथ उठ्ने गर्छ ।
कहिले कुनै पदको माग गरिन , कहिले कसै सङ्ग माग्न गइन , कुनै नेताको पैसा खाइन , कसैलाई मेरो लागी यो गरदिनु त्यो गरदिनु भन्न गइन । किन भने म सदस्य रहेको पार्टिकोलागी मैले के गरे ? त्यो महत्वपुर्ण थियो मेरो लागी ।
आज म त्यहि मेरो काङ्ग्रेस, मेरो क्षेत्रमा ज्ञानेन्द्र कार्कि जस्तो चतुर,झुठ र आस्वाशन ,गुठ्बन्दि, अकर्मण्यता, भ्रष्टाचार, फुट र व्यक्तिगत स्वार्थको राजनिति गर्ने व्यक्ति ( नेता भन्न चाहिन) को बिरोध किन गरिरहेको छु?
मेरो क्षेत्रमा काङ्ग्रेसमा आफ्नो मत नहाल्नु भन्दा मेरो हाथ कामेन होला? मेरो मन रोएन होला ?
त्यो सम्मान र विश्वास सधैका लागी कायम रहोस आउदो पुस्तालाई म नेपाली काङ्रेस थिए र हुँ भन्दा लाजले शीर न झुकोस । देशले बिकास को फड्को मार्दा नेपाली काङ्रेसको नेतृत्वमा होस र गर्वका साथ मैले नेपाली काङ्रेसमा विश्वास गरेको थिए र म गलत थिइन भन्न सकुम, त्यसका लागी हो ।
“आउदो सरकार ज्ञानेन्द्र कार्कि बिनाको काङ्रेस सरकार बनोस ।“
तपाईको मत तपाईको हथियार हो गलत उम्मेदवार गलत नेता गलत प्रविर्ति भएका नेतृत्व लाई पार्टि र नितृत्वबाट हाटाउने एउटै मौका हो । बेहोसिमा हैन होशमा, इमान्दार भएर लोभ प्रलोभनमा नपरि स्वेच्छाले चुनावमा मतदान गर्न अनुरोध गर्न चाहन्छु ।
सबै को जय होस
“जय नेपाल “
“ एबरि नै त कहियो नै “ (सुनसरी, क्षेत्र न ४ मात्र)
मन्त्री कार्की अहिलेपनि २ वटा मन्त्रालय सम्हालिरहेका छन् ।
कार्की यहीँ क्षेत्रमा निर्वाचनमा उठदा २०७४ सालमा अर्थ मन्त्री थिए ।
उनी प्रायः मन्त्री भएर आफुले काम गरेको र कमाएको भएपनि देश र जनता तथा स्थानीय मतदाताको लागि कुनैपनि काम नगरेको मतदाताको आरोप रहेको छ ।
कार्कीले केही गोजीका मिडियालाई परिचालन गरेर आफुले ८० प्रतिशत काम गरेको दाबी गरेपनि मतदाताले भने बोलेको र बाचा गरेको २० प्रतिशत समेत काम नगरेको दाबी गरेका छन् ।
मतदाताहरुले कार्कीलाई विकास बिरोधि, एकल समुदाय संरक्षणवादी र पर्यटक उम्मेदबारको रुपमा चित्रण गर्दै विकल्पको खोजी गर्ने मुडमा रहेको हरिनगर गाउँपालिकाका स्थानीय मतदाता वसिम अख्तरले बताएका छन् ।
अख्तरले आफ्नो फेसबुकमा लेखेको कुरा जस्ताको त्यस्तै ………….. पाल्तुहरु
एमालेको सरकारले गरेको काममा काग्रेंसी पाल्तुको हालीमुहाली छ ।
बनाउदै नबनाएको बाटोलाई आफ्नो भिडियो बनाएको छ ।
लुट मच्चाएहरुलाई पाल्तुले सालिन नेता भनेको छ ।
केही पाल्नुहरु र साईवर स्यालहरु बैज्ञानिक र विज्ञ बनेको छ । संसारमै आविश्कार पूर्ण सफल भएको झुठ बोल्ने वा साचो बोल्ने कुरालाई पाल्तुहरुले ९९ प्रशिसतसम्म पारेको छ ।
पाल्तुहरुको प्रचारले सत्ता गठबन्धन चुनाव अघि नै हारेको छ ।
यर्थात जगदिश प्रसाद कुसियैत नेता हो, नेतृत्व गर्ने क्षमतावान व्यक्ति हो, ठूलाबडाको अगाडि झुक्ने होईन झुकाउने हो , जनताको सेवक हो , उनी शासक होईन । जनप्रेमी, लोकप्रिय नेता हो, क्षेत्रको , प्रदेशको र देशको विकास गर्न सक्ने हैसियत राख्ने पात्र हो । जो जिरिजा प्रसाद कोईराला, सुजता कोईराला, हरिसापकोटा सहितका काग्रेुंसी ठगहरुलाई कडा जवाफ दिएर रित्तो हात फर्काई दिएको थियो । उही कुसियतको छोटो समयको प्रदेश मन्त्रीको पालामा धेरै विकास भएको छ । त्यसैले यसपाली के काग्रेंस, के एमाले, के माओवादी के मधेसवादी सबैले भोट हाल्न आतुर छन् ।
ज्ञानेन्द्र बहादुर कार्की अरुका नेता हो, कम्जोर नेतृत्व भएको व्यक्ति हो, ठूलाबडाको चाकडी रमाउने हो , जनताको शासक हो , उनी सेवक होईन । जनप्रेमी, लोकप्रिय नेता होईन किनकी जहिले अंग रक्षक, सरकार गाडी, सरकारी तेलमा आफ्नो क्षेत्रको, प्रदेशको र देशको भ्रमण गर्ने, भ्रम फैलाउने, सरकारी ढुकुटी लुटेको, भ्रष्टाचार गरेको पैसा खुवाएर साईवर स्यालहरु परिचालन गर्न सक्ने हैसियत राख्ने हो । जो केही ठेक्केदारलाई संरक्षण गर्ने र जनतामा भ्रम फैलाई गुम्राहामा पार्ने जाली खेलाडी हो । कार्कीले लामो समयको मन्त्रीको पालामा केही विकास गर्न नसकेको कारणले एमालेले गरेको विकास, सिलान्यास र बजेटको काम पनि आफैले गरेको दावी गर्दै भिडियो बनाउने काम गरेको छ । यसको उदाहारण लौकहीको टाउन हल निर्माणको कुरा, फुलचौक विराटनगर हुलाकी सडक, लौकही रामधुनी बाटो सहित कयौ बाटो हो । यो सबै एमालेको सरकारको पाला र बजेटले भएको हो । अर्को ठूलो भ्रम र झुठको खेती बराहक्षेत्रमा महेन्द्र माविको भवन उद्घाटन कार्यक्रम २०६४।०६५ मा भारत सरकारको सहयोगमा बनेको नेपाल भारत मैत्री भवन उद्घाटनमा कार्की जस लिने होड प्रष्टै छ । त्यसैले यसपाली गठबन्धन के काग्रेंस र नेकपा माओवादीकै कार्यकार्ताले भोट हाल्नेबाला छैन ।
उता नेकपा एमालेका उम्मेदवार तथा पूर्व प्रदेश नं.१ का पर्यटन बन तथा उद्योग मन्त्री जगदीश प्रसाद कुसियत समेत यहीँ क्षेत्रबाट पटक पटक चुनाव जितेपनि विकासमा खासै ध्यान नदिएको आरोप लगाएका छन् ।
कुसियतले समेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.४ बाटै प्रतिष्पर्धामा रहेका छन् ।
कुसियत मन्त्री हुँदा आफ्नो केही कार्यक्रर्ता र सहयोगीलाई करारको जागीर दिने बाहेक कुनैपनि काम नगरेको मतदाताको आरोप छ।
यी दुई नेताको बीचमा प्रतिष्पर्धा हुने दाबी गरिएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुञ्जी लाल यादवले आफु भने उनीहरु भन्दा बलियो दाबेदार रहेको जिकिर गरेका छन् ।
प्रध्यापन पेशाबाट सेवा निवृत भएका यादवले कांग्रेसमा लामो समय सम्म योगदान गरेकाले आफु कांग्रेस सहित अन्य दलका मतदाताहरुबाट समेत आफुले मत पाउने दाबी गर्दै चुनाबी मैदान तताइरहेका छन् ।
यादवले आफु जनताको सेवक रहेकोले बिना सहयोगी र सुरक्षाकर्मी बिना चुनाबी अभियानमा जुटेको दाबी गर्दै बराहक्षेत्र देखी हरिनगर सम्म आफ्नो पक्षमा माहौल रहेको बताएका छन् ।
त्यस्तै राप्रापाका उम्मेदबार विद्यान्नद यादव समेत सोही क्षेत्रमा आफु जित्ने दाबी गर्दै चुनाबी प्रचारप्रसार अभियानलाई बाक्लो बनाएको छ ।
यादवले आफुहरु जनताको साझा मुद्धा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारलाई प्राथमिकतामा राखी घरदैलौमा जुटेको बताएको छ ।
यादवले साझा दाबी गरेपनि स्थानीय मतदाता भने टुरिष्ट उम्मेदबारको आरोप लगाएका छन् ।

Tags: आउँदो मंसिर ४काम कमचुनाबी प्रचारप्रचार बढीसुरु भयो

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist