इनरुवा । विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा पढ्न सहजताका लागि भन्दै कक्षा ११ पढ्न सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंम्बर ८ को कार्यालयले सहयोग गरेको छ । वडा कार्यालयले आफ्नो वडाका विपन्न, असाहय तथा सिमान्तकृत समुदायका विद्यार्थीहरुलाई कक्षा ११ सम्म पढ्नका लागि आर्थिक सहयोग गरेको हो ।
बराहक्षेत्र ८ नम्बर वडा कार्यालयले पढ्ने इच्छा भएरपनि आर्थिक अभावका कारण विद्यालयमा भर्ना हुनै समस्या भएका कक्षा १० उर्तिण भएका ३० जना विधार्थीलाई कक्षा ११ मा पढ्न सहयोग गरेको हो । कक्षा १० पछि पैशा तिरेर भर्नै नहुने स्थितीमा रहेका ३० जना विद्यार्थीलाई जनही १० हजार रुपिँयाका दरले यो शैक्षिक सत्रमा सहयोग गरेको वडा अध्यक्ष रोशन खड्काले जानकारी दिनुभयो ।
सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह बनाएको भएपनि धेरै विद्यार्थीहरु आर्थिक अभावका कारण बीचैमा पढाई छाड्ने गरेको सवाललाई ध्यानमा राखेर विपन्न परिवारका विधार्थीहरुलाई छात्रवृति स्वरुप जनही १० हजार रुपिँयाका दरले सहयोग गरेको बराहक्षेत्र ८ का वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
वडाध्यक्ष खड्काअनुसार विद्यार्थीहरुको माग र अभिभावकहरुको आग्रहलाई सम्बोधन गर्नका लागि सामुदायीक विद्यालयका कक्षा १० उर्तिण गरेका विद्यार्थीहरुलाई रकम सहयोग गरेको हो ।
सामाजिक उत्तरदायीत्व अन्तर्गत आफ्नो पाँच वर्षे कार्यकालमा १५० जना विपन्न वर्गका विद्यार्थीहरुलाई कक्षा १२ सम्म पढ्ने वातावरण सृजना गर्न पहिलो वर्षमा ३० जनालाई सहयोग गरेको खड्काले बताउनुभयो ।
त्यसैगरी वडाले अति विपन्न, अशक्त र असाहयहरुलाई ५ हजारका दरले सहयोग गर्दै आएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post