मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिकामा पर्ने खक्राैलामा लागुऔंषध सहित एक युवक पक्राउ परेका छन । नेपाल र भारतकाे सिमानामा पर्ने माेहना नदी पाैडि खेलेर पार गरि रहेका युवालाई शंका लागि चेकजाँच गर्दा युवकलाई लागुऔंषध सहित पक्राउ गरिएकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी नायब निरिक्षक रेबन्त बाेहराले जानकारी दिए । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा न ८ चाैगुर्दीका २० बर्षिय संजय लुहार रहेका छन । निज लुहारलाइ कट्टु भित्र गुप्ताङ्कको भागमा कालो प्लाष्टिको पोका पारी ५ लुकाई छिपाई गरी राखेको NITRAVET-10 लेखेको पत्ता थान ५ (पाँच) ट्याब्लेट थान १४४ (एक सय चौवालिस) फेला पारी बरामद गरी निज संजय लुहारलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमती प्रदान भई थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन । निज लुहारलाई हिजाे दिउसाे करिब ४ बजेकाे समयमा यस कार्यालय तथा प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी गस्ती टोलीले पक्राउ गरेकाे जनाएको छ । कैलालीको टिकापुरमा दिनप्रतिदिन लागुऔंषध काराेबारी पक्राउ पर्ने गरेका छन ।
Discussion about this post