• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको पहल

मंसिर ०४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन संगै पश्चिम नवलपरासी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक १८ गते, १३:४१ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको पहल
13
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र यादव / नबलपरासी ।

राष्ट्रिय समस्याको रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितीक पहल अगाडी बढाउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाउनुभएको छ । बाढिका कारण करिब १० हजार परिवार पिडित छन् ।
अझ यस क्षेत्रमा बर्षेनी समस्याको रुपमा देखिएको वाढी तथा ढुबानको समस्यालाई समाधान गर्न दिर्घकालीन सिचाई योजना अगाडी बढाउनुपर्ने एजेण्डा अघि बढाएपछि आममतदाता चौधरी प्रति आशावादी बनेको देखिन्छ । यस वारेमा समेत चौधरीले भारत स्थित जलस्रोत सम्वन्धि निकाय संग परामर्श गरी नारायाणी नदीबाट बर्षोहुदै आएको डुवान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाउनुभएको छ ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तीगत र सरकारी स्तर मा समेत पहल कमदी अघि बढाउनुभएको हो ।
यतिबेला राष्ट्रिय राजनितिमा चुनावी क्षेत्र मध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्रमा न. १ समेत निकै चर्चामा छ । नेपाली कांग्रेसका नेता एवंम् नेपालका एक मात्र अर्वपति बरिष्ठ उद्योग पति विनोद चौधरी चुनावी प्रतिष्पर्धामा रहेका कारण नेपाल भित्र मात्र होईन नेपाल वाहीर समेत चुनावी रौनक आएको हो ।
बिशेष गरी त्रिबेणी छोटी भन्सार कार्यालयबाट दिईने सेवा विस्तार, राष्ट्रिय गौरभको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढसडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थाल्नुभएको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।
यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने वैकीक लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थालीसक्नुभएको हो ।
यसैगरी चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वारोगार तर्फ उन्मुख गराउन भरखरै मात्र आफ्नो र आफ्नो परिवारको लगानी भएको सिजी पोलिटेक्नीकको कार्यालय स्थापना भएपछि पनि यस क्षेत्रमा युवाजनसमुदायको चौधरीले मनजित्न सफल हुनुभएको देखिन्छ ।
विनोद चौधरी एक सफल उद्योगपति भएकोले उहां बोलेको सोचेको हरेक कार्य सफलता पूर्वक सम्पन्न गर्ने हुँदा यस क्षेत्रको बिकाशका लागि आफ्नो तर्फबाट लाग्ने स्थानीय मतदातामा आसा पलाएको मान्न सकिन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ का मतदाताका घरमा घर मा फरक शैली का चुनावी प्रचारमा हुनुहुन्छ ् । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक क्षेत्रको समस्या बुझ्न मतदाताका घर घरमा उम्मेदवार चौधरी पुग्न थाल्नुभएको हो ।
मतदातालाई रिझाउन उहां केहीले मोटरसाइकलमा चढेर कहिले पैदय यात्रा , कहिले गाउले ट्याक्टरमा बसेर जनताको प्रत्यक्ष सेवकको रुपमा मतदाता भेटघाट मा व्यक्त हुनुहुन्छ ्। कहिले किसानको घर आगनमा पुगेर किसानको चौतर्फी बारेमा जिज्ञासा राख्ने, कहिले किसानको खेतमै पुग्ने त कहिले स्थानीयसँग बसेर कागजको प्लेटमा भात खाँदै आफु शरल स्वभावको उम्मेदवार भएको भन्दै प्रचार प्रसारमा व्यक्त हुनुभएको हो । अझ बिशेष गरी चुनावी प्रचार प्रसारकै क्रममा नवलपरासी रहदा विभिन्न समस्या समाधान गर्न चौधरीले देखाएको पहल कदम प्रति आम मतदाताले चासोका साथ हेरेका छन् । नवलपरासीमा प्रचार प्रसारकै केही दिनमा नै आउनुभएका चौधरीले तत्कालै गर्न सकिने विभिन्न समस्याहरु समाधान गर्न पहल थाल्नुभएको हो ।
छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरा लाई तत्काल कार्यान्यन गर्न चौधरीले देखिएको चासो प्रति आम मतदाताको ध्यान केन्द्रिय भएको पाईन्छ । चौधरीले यस वाहेक यस क्षेत्रमा देखिएको केरा उत्पादनको बजारीकारणमा देखिएको समस्या समाधान गर्न भरखरै मात्र केरा जन्य उत्पादनका लागी उद्योग स्थापनाको काम सुरु गरिसक्नुभएको छ ।
चौधरीले मतदाता सामु वोलेका कुरालाई दिर्घकालीन रुपमा व्यवस्थापन गर्न लागेका छोटो समयमा मतदाताले देख्न पाएपछि आम मतदातामा चौधरीको लोकप्रियता झन बढ्दे गएको पाईन्छ । अझ बिशेष गरी यस क्षेत्रमा लामो समय देखी देखिएको उखु किसानको भुक्तानीको समस्या समाधान गर्न उद्योगी व्यासायी मार्फत पहलकदमी शुरु गरिसक्नुभएको छ ।
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उहांको भनाई छ । ‘ उहांले भन्नुभयो विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।
एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उहाको तर्क छ । ‘एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उहाले भन्नुभयो ।मंसिर ०४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन संगै पश्चिम नवलपरासी क्षेत्र नं ०१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको चर्चा छ । जनता प्रगतिशिल पार्टि नेपालका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठी संग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीको नवलपरासीका लागि आवश्यकता कि बाध्यता भन्ने विषय सहित चर्चा सुरु भएको हो। एक स्थानीयका अनुसार विगत लामो समयदेखि सत्तामा रहेका नेता हृदेश त्रिपाठीले तुलनात्मक विकास गर्न न सकेकोले यस क्षेत्रका लागि विनोद चौधरी आवश्कता सहीतको बाध्यता रहेको आम मतादाताको तर्क छ । त्यस्तै अर्को एक स्थानीयले अब बिकासका लागि हृदेश त्रिपाठीको विकल्प विनोद चौधरी मात्र रहेको तर्क गर्दछन् ।

Tags: गर्नदिर्घकालीन समाधानविनोद चौधरीको पहलसुस्ता डुवानको समस्या

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist