धरान । लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी-१ को (क) र (ख) प्रदेश सभा सांसद उम्मेदवारव्दय उमेश थापा र रेवती रमण राईले शुक्रवार जारी प्रतिबद्धतापत्रमा प्रदेश १ को नामाकरणलाई पहिलो चुनावी एजेण्ड बनाएका छन् । कांग्रेस, माओवादी, नेकपा एसव्दारा संयुक्त रुपमा जारी संकल्पपत्रको पहिलो बुंदामा प्रदेशको नामाकरणलाई प्रथमिकतामा राखिएको हो ।
दलहरुको घोषणापत्रका कुरा कार्यान्वयन नहुने भनि आलोचना भैरहेको बेला प्रदेश सांसदहरुले निर्वाचन लगत्तै प्रदेश सभामा कार्यान्वयन गर्नसक्ने एजेण्डाका रुपमा प्रदेशको नामाकरणलाई प्राथमिकता दिएको बुझिन्छ । प्रदेश १ को पहिलो प्रदेश सभाले ५ वर्षे कार्यकालमा पनि प्रदेशको नामाकरण गर्न सकेन । दलहरुले यस्लाई प्राथकितामा नराखेकाले प्रदेशको नामाकरण हुन नसकेको हो ।
तिन दलिय गठबन्धनले प्रदेश सांसद चुनावी प्रतिबद्धतापत्रमा नामाकरणलाई पहिलो प्राथमितामा राखेकाले निर्वाचनपछि बस्ने पहिलो प्रदेश सभामा मुख्य ऐजण्डा नामाकरण नै बन्ने निश्चित छ । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस प्रदेश महासचिव समेत रहेका सुनसरी-१ (क) प्रत्याशी थापाले गठबन्धन विजयी भएको अवस्थामा नामाकरणलाई प्रदेश सभाको पहिलो एजेण्डा बनाउने बताए ।
उनले प्रदेशको नामाकरणका बारेमा धेरै बहस भैसकेकोले पहिचानकै आधारमा नामाकरण गरिने बताए । गठबन्धनका सुनसरी-१ (ख)का प्रत्याशी राईले जनभावना अनुसार पहिचानकै आधारमा प्रदेशका नामाकरण गरिने बताए । जारी संकल्पपत्रको पहिलो बुंदामा नामाकरणबारे भनिएको छ ‘ऐतिहासीक पृष्टभूमि र सभ्यता संग सम्बन्धित पहिचानका आधारमा प्रदेश १ को नामाङ्कन गरिने छ ।’
प्रदेशको नामाकरण हुन नसक्नुको कारण उल्लेख गर्दै भनिएको छ ‘सुनसरी १ नं. क्षेत्र, केन्द्र र प्रदेशबाट सधैं पहुँच बाहिर रहँदै आएको छ । नेतृत्व तहमा पुगेकाहरुले प्रदेश १ को नामाङकन गर्न सकेनन् नै यस क्षेत्रलाई केन्द्र र प्रदेश संग जोड्न नसकेको छर्लङगै छ ।’ हिजोको अवस्थामा रहेको त्यो स्थितिलाई तिन दलिय गठबन्धनले नयाँ परिस्थितिमा दिर्घकालिन र रणनैतिक योजनाहरुलाई नयाँ ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता संकल्पपत्रमा प्रकट गरिएको छ ।
गठबन्धनका सुनसरी-१ संघीय प्रतिनिधि सभा सांसदका प्रत्याशी मुक्सामहाङ मेन्याङबोले प्रदेश १ को एक कार्यकाले नामाकरण नगरी खेर जानुमा केन्द्रिय हस्तक्षेप पनि उत्तिकै जिम्मेवार रहको बताए । प्रदेशको जनभावनामा प्रदेश सभामा प्रतिनिधित्व हुन नपाउँदा नामाकरण हुन नसकेको उनको भनाई थियो । नयाँ निर्वाचनबाट गठन हुने प्रदेश सभामा गठबन्धनको भूमिका निणर्ायक बनाउन आफ्नो भूमिा रहने प्रतिबद्धता जनाए ।
Discussion about this post