इनरूवा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबारदेखी मंसिर ४ गतेसम्म सुनसरीमा मदिरा विक्रिवितरण तथा ओसरपसारमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरि निर्वाचनको मिति नजिकिएसँगै मदिरा विक्रिवितरण तथा ओसरपसारमा रोक लगाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा संचारकर्मीसंगको छलफल र बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही कात्तिक २१ गतेदेखि मतपरिणाम पूर्ण सार्वजनिक नभएसम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको जनाएको हो ।
निर्वाचन प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्ने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post