मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर स्थित एक सामुदायिक बनमा मृत अवस्थामा पुरुषकाे शब फेला परेकाे छ । नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक उपभाेक्ता समूह काे बन क्षेत्रमा एक पुरुषकाे शब फेला परेकाे छ । अाज सामुदायिक वनले दाउरा संकलनका लागि बाटाे बनाउने क्रममा उक्त शब फेला परेकाे प्रहरी चाैकी सत्तीका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र कुमालले जानकारी दिनु भयाे । मृतककाे शरिरमा लुगा नभएकाे र पेन्टी मात्रै रहेकाे चाैधरी समुदायकाे जस्ताे देखिने उक्त शब अन्दाजी ३४ / ३५ वर्ष काे रहेकाे प्रहरीले जनाएकाे छ । उक्त शब पाेष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको थप अनुसन्धान भई रहेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएकाे छ र शब पहिचान गरि लैजान समेत प्रहरीले अनुराेध गरेकाे छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post