• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा उम्मेदबारहरु घरदैलोमा व्यस्त

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ कार्तिक २४ गते, २०:०० बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा उम्मेदबारहरु घरदैलोमा व्यस्त
24
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा नेपाली काग्रेंस सहितको सत्ता गठबन्धन र एमाले सहितको प्रतिपक्षी गठबन्धनको उम्मेदबारहरु घरदैलोमा व्यस्त भएका छन् । उम्मेलारहरुले साझाँ मुद्धा शिक्षा, स्वास्थ्य, सिचाई र कृषि सहितको विकासको काम गर्ने आश्वासन दिदै भोट माग्न घरदैलोमा व्यस्त भएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली काग्रेंसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । त्यसैगरी एमालेका उम्मेदबार भिमप्रसाद आचार्यले पनि आफ्नो मतदाताको घरमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काग्रेंसका मेहतालाई तेस्रो पटक पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार बनाएको छ । गरिबको लोकप्रिय नेताको रूपमा छवि बनाउनुभएका मेहताले अघिल्लो निर्वाचनमा ‘गरिबको नेता, सीताराम मेहता’ भन्ने नारा झनै चर्चित बनेका थिए । जनतामाझ सरल, इमानदार र स्वच्छ छवि भएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने दावी गर्नुहुदै मत माग्न व्यस्त बन्नुभएको छ । उहाँले भन्नुभयो, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु । भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’ अघिल्लो निर्वाचनमा जितेर राम्रा काम गरेकै कारण पार्टीले पुनः उम्मेदवार बनाएकाले आफूले गठबन्धनको साथका कारण पनि चुनाव जित्न सहज हुने बताउनुभयो । ‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उहाँले भन्नुभयो, ‘चुनाव जित्नेमा कुनै शंका नै छैन, तर मैले चुनाव जित्न मात्रै निर्वाचनमा होमिएको होइन, विकास निर्माणका काम बाँकी भएकाले चुनावी मैदानमा छु ।’ उहाँले आँफूले जनतासमक्ष गरेका चुनावी बाचा बाँकी नै रहेकाले पुनः चुनावी प्रतिष्पर्धामा होमिएको सुनाउनुभयो । यसअघि २०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हिमाल सुवेदीलाई पराजित गर्नुभयो भएको थियो । मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको पक्षमा ३५ हजार ३४९ मत आएको थियो ।यसपाली रोचक के छ भने माओवादी पनि काग्रेंस गठबन्धनमा भएकाले जित्न सहज हुनो दावी उम्मेदबारका सर्मथकहरुको छ ।
यसै क्षेत्रबाट नेकपा एमालेका उम्मेबादर भिमप्रसाद आचार्यले विगत दुई कार्यकालमा मेहताले जनभावनाको काम गर्न नसेकाले विकास र सुशासनका लागि मतदाताको आग्रहमा उम्मेदबार भएकाले जित्नेमा कुनै शंका रहने दावी गर्नुभएको छ । आचार्यले आफू छोटो समयको संघीय मन्त्री र प्रदेश मुख्य मन्त्रीको बखतमा गरेको राम्रा काम र योजनाबाट प्रभावित भएर मतदान गर्ने जिकिर गर्दै घरदैलोमा रहनुभएको छ ।
यसैबीच सुनसरी निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका नेपाली काग्रेंसको तर्फबाट उम्मेदबार राजिव कोईराला पनि अहिले विहानैदेखी रातीसम्म घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ । त्यसैगरी एमालेका उम्मेदबार रामप्रसाद मेहताले पनि आफ्नो मतदाताको घरमा घरदैलोमा व्यस्त रहनुभएको छ । काग्रेंसका उम्मेदबार कोईरालालाई मतदाताहरुले भावि मुख्य मन्त्रीको रुपमा लिदै मतदान गर्ने बाचा दिइरहेका छन भने एमालेका उम्मेदबार मेहतालाई पनि केही मतदाताले आफूहरुको समुदायको नेता र विगतमा हारेकाले यसपाली जिताउने बाचा दिईरहेका छन् ।
कोईराला र मेहताको घरमा घरदैलो कार्यक्रममा सहभागीहरु र मतदाताहरुले दुवै नेता असल भएको दावी गर्दै मत माग्न व्यस्त भएको बताएका छन् ।
कोईरालाले विहीबार इनरुवा ९ बबियामा नेपाली काग्रेंस र नेकपा माओवादी केन्द्रका सदस्यहरुको साथ प्रतिनिधिसभा सदस्यमा सीताराम मेहता र प्रदेश सभा सदस्यमा आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रममा बन्नुभएको छ । कोइरालाले आफूले पहिलो कार्यकालमा गरेको कामबाट प्रभावित भएर आफूलाई मतदाताहरु आतुर रहेको मतदाताको घरमा घरदैलोको क्रममा पाइएको बताउनुभयो । कोईराला आफ्नो क्षेत्रमा छोटो समयमा धेरै काम गरेको र सबै भन्दा बढी जनताको भावनाको अनुकुल रहनुभएकोले मतदाता पनि स्तःस्र्फूत रुवमा घरदैलो कार्यक्रममा सहभागी भएको स्थानीय श्यामसुन्दर साहले बताउनुभयो ।
इनरुवा ९ बबियामा काग्रेंसको पक्षमा जनलरह रहेको अर्का स्थानीय मतदाता असोक कुमार यादवले बताउनुभयो । कोईराला सालिन व्यत्तित्व, असल विचार र स्वक्ष छवीका नेता भएको र जनताको भावना बुझ्ने विकास प्रेमी समेत रहनुभएकाले मंसिर ४ गतेको मतदानको प्रतिक्षामा रहेको यादवको भनाई छ । कोईरालाले जहिले जनताको पक्षमा रहनुभएको र विकासमा काखापाखा नगर्ने सरल व्यत्तित्व अनि सबैलाई समान व्यवहार गर्ने भएकाले पार्टीबाट मात्र नभई अरु पार्टीका मतदाताहरुले समेत मतदान गर्ने अर्का स्थानीय भोलादेवी यादवले बताउनुभयो ।
एमालेका उम्मेदबार रामप्रसासद मेहता अवसरवादी नेता भएको, नेपाल रेडक्रस सोसाईटी जस्तो सेवामुलक संस्थामा पनि अनियमतिता गरेको, जनताको कृषिसंग जोडिएको नहर सिचाईमा अनियमितता गरेको र काम भन्दा बढी कमिसन खाने काममा लागेकाले मतदाता रुष्ट बनेका मतदाता एसएन मेहताले बताउनुभयो । मेहताका अनुसार अवसरबादी नेता रामप्रासद मेहताले आफूले काग्रेंसमा हुदाँ पनि व्यक्तिगत र पारिवारीक अवसर मात्रै खोजेर लाभ लिएको र अहिले एमालेमा पनि आफ्नो स्वार्थपुर्तीका उम्मेदबार भई सबै मेहता समुदायको भोट लिने दिवा सपना र झुठो आश्वासन सहित मैदानमा रहेकाले मतदाताले त्यसको जवाफ दिने दावी गर्नुभयो ।
उम्मेदबार मेहताले भने आफूले गरेको समाजसेवा र पदमा नभएर पनि गरेको योगदानको कदर गरेर मतदातले मत आफूलाई हाल्ने दावी गर्नुभएको छ ।
मेहताले मङ्सिर ४ गते निर्वाचनको लागि ११ दिन मात्रै बाकी रहेकाले वडा, टोल, गाउँ तथा नगर प्रचारप्रसार समिति, निर्वाचन परिचालन समिति सहित चुनावी घरदैलो अभियानमा होमिएको बताउनुभयो । मेहतालाई मतदाताले स्थानीय माटोपानी र रहनसनसगैं राष्टको मुल पार्टीको उम्मेदबार, विकासप्रेमी, जनभावना बुझने र एमाले र जनता समाजवादी सहित राष्टिय पार्टीका साझाँ उम्मेदबार भएको भन्दै सहयोग गर्ने प्रतिकृया दिएको एमालेका उपेन्द्र यादवले बताउनुभयो । मेहताले पनि केहीदिनयता जनताको घरदैलौमा वडा, टोल, गाउँ तथा नगर निर्वाचन परिचालन समिति तथा प्रचारप्रसार समिति गठन गर्ने क्रममा जादाँ जनलहर आफू तिर रहेको पाएको दावी गर्नुभएको छ ।
राजनीतिक र समाजसेवा लागेका, विकास र समतामुलक देश निर्माणको सकारात्मक सोच भएका नेता भएको र स्थानीयहरुको ढुकढुकी रहनुभएका मेहता जनताको भावना बुझ्न घरदैलौमा पुग्नुभएको जनता समाजवादी पार्टीका इनरुवा ९ का नेता रामकुमार यादवले बताउनुभयो । जनभावना बुझ्न घरदैलौमा पुग्नुभएको अर्का एमालेका नेता डम्बरुबल्भ भण्डारीले बताउनुभयो ।

Tags: उम्मेदबारहरुघरदैलोमा व्यस्तसुनसरीमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist