• pradeshpoint
  • Pradeshpoint
Sunday, April 19, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा ५९ वटा मतदान स्थल अति संवेदनशील

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ मंसिर २ गते, २१:३० बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा ५९ वटा मतदान स्थल अति संवेदनशील
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।  सुनसरीमा रहेका एक सय ६६ वटा मतदान स्थलमध्ये सुरक्षा संवेदनशिलताको आधारमा ५९ वटा मतदान स्थल अति संवेदनशील मानिएकाे छ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका ५९ मतदान स्थललाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार जिल्लाका मतदान स्थलहरुलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन प्रकारमा वर्गीकरण गरिएको छ। सामान्य मतदान स्थल ४२, संवेदनशिल ६५ र अति संवेदनशिलमा ५९ वटा स्थललाई वर्गीकरण गरिएको यादवले जानकारी दिए।
‘अघिल्लो निर्वाचनको अवस्था तथा घटनाक्रम, त्यस ठाउँको वस्तुस्थिती, सडकपहुँचलगायतका विषयलाई आधार बनाएर वर्गीकरण गरिएको हो,’ प्रजिअ यादवले भने, ‘यस आधारमा जिल्लाका ५९ मतदान स्थल अति संवेदनशील छन्।’
कर्मचारी र कैदीबन्दीका लागि छुट्टै अस्थायी केन्द्र
जिल्लामा एक सय ६६ मतदान स्थल छन् भने पाँच सय ९१ म्तदान केन्द्र केन्द्र छन् । त्यसबाहेक थप दुई वटा अस्थायी मतदान रहने यादवले बताए । उनका अनुसार जिल्ला अदालत कार्यालय इनरुवामा एउटा र झुम्का कारागारमा एउटा गरी दुई वटा अस्थायी मतदान केन्द्र हुनेछ। इनरुवामा रहने अस्थायी मतदान केन्द्रमा कर्मचारीहरुले र झुम्का कारागारमा रहने केन्द्रमा कैदीबन्दीहरुले मतदान गर्न पाउनेछन्।
पाँच हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन
जिल्लामा म्यादी प्रहरी र नेपाली सेनासहित पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको छ । एक हजार पाँच सय ८१ जना नेपाल प्रहरी, दुई हजार चार सय ९५ जना म्यादी प्रहरी, सात सय ३९ जना सशस्त्र प्रहरी, चार सय ४० जना नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट १९ जना परिचालन गरिएको यादवले बताए।
‘हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार मोबाइल प्रहरी, बम डिस्पोजललगायतका टोली समेत परिचालित हुनेछ।’ सादा पोसाकमा समेत सुरक्षाकर्मी खटिने उनले जानकारी दिए।
निर्वाचनलाई भयरहित, धाँधलीरहित सम्पन्न गराउन आज दिउँसो मतदान केन्द्रहरुको सर्वदलीय बैठक समेत बसेको समेत उनले जानकारी दिए । उनको अनुसार हिजो बाटै छिमेकी सीमा नामाहरु सील गरिएको छ ।
करिब पाँच हजार कर्मचारी 
सबै मतदान केन्द्रहरुमा गरी कुल चार हजार सात सय २८ कर्मचारी खटिएको प्रजिअ यादवले बताए । उनका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिएका छन् । त्यस सँगै ४-४ जनाका दरले तीन दिनका लागि स्वयम्सेवक  पनि खटाइएको छ । अस्थायी मतदान केन्द्रमा भने ३-३ जनाको दरले कर्मचारी खटिएको उनले बताए।

Tags: ५९ वटाअति संवेदनशीलमतदान स्थलसुनसरीमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist