• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ मंसिर ११ गते, ७:४४ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित
125
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित भएका छन् । चुनावी सुरक्षा कमाण्ड गर्ने मुख्य जिम्मा गृहमन्त्री हुन्छ । यसरी पराजित हुने खाँण दोस्रो गृहमन्त्री हुन् । मन्त्री खाँणलाई नेकपा एमाले समर्थनमा उम्मेदवार रहेका राप्रपाका दीपक बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत ल्याए भने बोहरा ३६ हजार ६४८ मत ल्याएर विजयी भए ।
यसअघि कांग्रेसबाटै चुनाव लडेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले ०६४ सालमा झापाबाट चुनाव हारेका थिए । त्यो बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सरकार थियो । ०४८ देखि तीनपटक रुपन्देहीबाटै चुनाव जितिसकेका खाँणले यसपटक आफ्नो राजनीतिक करियरकै सबैभन्दा शक्तिशाली पदमा हुँदासमेत पराजय बेहोर्नुपरेको छ ।
अझै रोचक त के छ भने आँफैले निर्देशन दिएर व्यवस्थापन गरेको चुनावको शान्ति सुरक्षामाथि प्रश्न उठाएर मतगणनामा धाँधली भएको आरोप लगाउनुपर्ने अवस्थासम्म पुगेका छन् गृहमन्त्री खाँण । ०७४ मा समानुपातिकबाट सांसद बनेका खाँण प्रतिपक्षमा रहुन्जेल प्रमुख सचेतकको भूमिकामा थिए । कांग्रेसले संसद्मा कमजोर अवस्थामा हुँदासमेत सरकारको नेतृत्व गर्ने मौका पाएपछि खाँण प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा शक्तिशाली गृहमन्त्री बने । उनी यसअघि शिक्षा र सिंचाईमन्त्री भएका थिए ।
पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी उनी महामन्त्री लड्नै पाएनन् । तर देउवा समूहभित्रै शक्तिशाली नेताकारुपमा स्थापित भए । कांग्रेसको विद्यार्थी र युवा भ्रातृ संस्था नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष हुँदादेखिको सम्पर्कलाई मन्त्री खाँणले यसपटक थप बलियो पारेका थिए ।नेताहरुका अनुसार यसपटकको टिकट वितरणमा समेत खाँण विगतभन्दा हाबी भए । तर पार्टीमा प्रभावशाली नेताकोरुपमा स्थापित हुँदै गरेका खाँण आफैँ भने चुनाव हारेका छन् ।
०४८ सालमै रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खाँण संविधानसभा सदस्य निर्वाचन ०६४ र ०७० दुवैमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए । तर ०७४ मा भने उनी प्रत्यक्ष चुनाव लडेनन् ।
समानुपातिकबाट सांसद भएर पाँच वर्षसम्म निरन्तर अवसर लिएका खाँणले यसपटक आफु प्रत्यक्षमा उम्मेदवार भएर श्रीमती मन्जु खाँणलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्रै विवादित बनेका थिए । त्यसो त खाँणको गृहजिल्लामै पनि पार्टीभित्र सर्वस्वीकार्य होइनन्, उनलाई आफ्नै भाइलाई जिल्ला सभापति बनाएर पार्टीमा परिवारवाद लागू गरेको आरोप लागेको थियो ।
त्यसो त बहालवाला गृहमन्त्री खाँणलाई पराजित गर्ने बोहोरा पनि कमजोर होइनन् । रुपन्देहीमा राप्रपाको आफ्नै संगठन पनि बलियो हो, त्यसमाथि उनलाई एमालेको बलियो समर्थन रह्ययो ।
०३६ सालमै राष्ट्रिय पंचायत सदस्यमा चुनाव जितेका बोहराले ०७० मा पनि रुपन्देही-२ बाट चुनाव जितेका थिए । उनी पटक-पटक मन्त्रीसमेत भइसकेका नेता हुन् ।
०७४ मा देशभर बामगठबन्धन हुँदा कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो । बोहरा कांग्रेसको समेत समर्थन लिएर त्यही क्षेत्रमा उम्मेदवार बनेका थिए भने खाँणले बोहराकै लागि प्रत्यक्षको सिट छोडेर समानुपातिकमा बसेका थिए । तर खाँण अहिले उनै बोहरासँग चुनाव हारेका छन् ।
वर्तमान सरकारका प्रधानमन्त्रीसहित १४ जना मन्त्रीहरु चुनावी मैदानमा थिए । त्यसमध्ये छ जनाले चुनाव हारेका छन् भने प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल, पर्यटनमन्त्री नारायण खड्का, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, शहरीविकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवरले मात्रै चुनाव जितेका छन् । सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ को अन्तिम परिणाम आइसकेको छैन ।
उर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराज श्रेष्ठ र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भने पराजित भइसकेका छन् ।

 

 

 

Tags: गृहमन्त्रीपराजितबालकृष्ण खाँणरुपन्देही-३ बाटवर्तमान सरकारका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist