• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा सम्पन्न, एक वर्षमा ८७ ओटा बलात्कारका घटना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ मंसिर २३ गते, २१:०६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा सम्पन्न, एक वर्षमा ८७ ओटा बलात्कारका घटना
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि नोभेम्वर ८ सम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको हो ।
जिल्लामा २०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ ओटा, बलात्कारका ८७ ओटा, बलात्कार प्रयासका ३१ ओटा, बहुविवाहका २५ ओटा, मानवबेचविखन तथा ओसारपसारका पाँच ओटा, बाल यौन दुर्व्यवहारका २० ओटा र बाल बिज्याईका १० ओटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ । जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा नेपालमा १० वर्षे शसस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरुको नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् भनिएको छ । राजनितिक अस्थिरता कायम रहेकाले नागरिकले वीधिको शासन, सुशासन र पूर्ण लोकतन्त्रको समेत महसुस गर्न नपाएको स्थिती औल्याउनुभएको छ । शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भएपनि नैतिकता, इमान्दारिता, सुशासन र जवाफदेहिताको अभावले मानव अधिकारको अवस्था नाजुक रहेको उल्लेख गर्नुभएको छ । विगतको भन्दा घटनाको प्रकृति र स्वरुप फेरिएपनि घटना कम नभएको देखिएको विवरण प्रस्तुत गर्नुभयो । मानव अधिकार हनन तथा उल्लघंनका घटनाहरु संकलन गर्दा सुनसरीमा सन् २०२२ को जनवरीदेखी डिसेम्बर ८ सम्मको तथ्यांक प्रस्तुत गरिएको जनाएको छ । यादवले सरोकारबालाहरुको साकारात्मक र आलोचनात्मक दुवै सुझाव इन्सेक नेपाल मानवअधिकार वर्षपुस्तक२०२३ का लागि महत्वपूर्ण हुने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्थाका बारेमा चर्चा गरिएको छ ।
समीक्षा कार्यक्रममा नेपाली काग्रेंस सुनसरी सचिव वीरेन्द्र कुमार साहले नागरिकको मानव अधिकारको पूर्ण अनुभुतीका लागि राजनीतिक रुपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताउनुभयो । साहले लागु औषधका घटना र त्यसमा बालबालिकाहरुको प्रढ्दो सकृयाले समयमा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफू पार्टीका नेता कार्यकर्ता समेतलाई नागरिक सचेतनाका कार्यमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जेष्ठ नागरिक सरोकारका इनरूवा संयोजक नविनचन्द साहले गाउँमा अझै पनि छोरीलाई शिक्षा राम्रोसँग दिन नसकेको घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दल कुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिवद्ध भएर काम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पनि पीडितले न्याय पाएको बताउनुभयो ।
नागरिक समाजका जिल्ला अध्यक्ष पुरूषोत्म घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिर्पोट राम्रो जानुपर्ने बताउनुभयो । उहाँले नागरिक समाजको सकृया अझै जरुरी रहेको सुझाव दिनुभयो ।
पत्रकार सुरेन् मेहताले नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी अपराधको घटनाहरू आउने गरेकाले अन्य सवाललाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले शिक्षामा सबैको पहुँच आवश्यक भएको र त्यसमा गुणस्तरीय शिक्षाको खाचो रहेको शिक्षाका सवाललाई वर्ष पुस्तकले महत्व दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल (पप्पु)ले मानव अधिकारको संरक्षण, सवर्धन राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले कानुनलाई राम्ररी पालना गरेर र सुशासन कायम गरेर मानव अधिकार हननका घटनामा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।
महिला अधिकारकर्मी विनिता दाहालले मानव अधिकार घटना हुन नदिन नेपाल प्रहरी, नागरिक समाज र राजनीतिक दलहरुले सदैब प्रयास र प्रयत्न जारी राख्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
पत्रकार डुमरलाल महेताले स्थानीय तहका न्यायिक समितीका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो । अधिवत्ता सुकदेव चौधरीले धेरै जसो मानव अधिकार हननका घटनाहरु गरिब, पिपन्न र दलित समुदायको हुने गरेको हुँदा त्यस समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले राजनीतिक समयन्त्रलाई सकृय गरेर अपराध र अधिकार हननका घटना न्यूनिकरण गर्न सक्ने बताउनुभयो । उहाँले सामाजिक बेमेलता, चेतनाको अभाव र बेरोजगारीका कारणले पनि घटनाहरु हुने गरेकाले समाजमा सचेतनाका कार्यक्रम गरेर अपराधका घटना न्यूनिकरण गर्न सक्ने बताउनुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा अधिकारकर्मीहरु दिपक मण्डल, गणेश यादव, रविन्द्र पौद्धार, कृष्ण पौदार, कान्दा भट्टराई, सचिव श्रेष्ठ, ओमकार न्यौपाने, नुनुलाल साह, कोपीला श्रेष्ठ, राजेश यादव, सचेन्द्र यादव, मो. अन्सारुल हुसैन, आशादेवी पौद्धार, रविन्द्र कुमार यादव सहित विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

Tags: ८७ ओटाएक वर्षमानेपाल मानव अधिकारपूर्व वार्षिक समिक्षाबलात्कारका घटनावर्ष पुरस्तककोसम्पन्न

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist