मान बहादुर ठकुल्ला/ टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ अर्नुवाफाटाबाट लागुअाैषध सहित एक जना पक्राउ परेका छन । हिजाे साँझ ५बजेको समयमा प्रहरी चौकी कालाकुण्डा र प्रहरी चाैकि सत्ति बाट खटीएको संयुक्त प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.८ अरनुवा स्थित उखुबारीमा लम्कि चुहा नगरपालिका वडा नं.२ मोतीपुर बस्ने बर्ष २५ को रेनिश डाँगीलाई पक्राउ गरिएकाे प्रहरी चाैकी सत्तीका प्रहरी नायब निरिक्षक दिनेश बिष्टले बताए । शंका लागि चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको दाहिने खल्तिमा लुकाई छिपाई गरी राखेको कालो प्लाष्टिकको पोका थान २ (दुई) प्लाष्टिक सहित कुल तौल ९ ग्राम ५०० मिलिग्राम (प्लाष्टिक बाहेक ८ ग्राम ९१० मिलिग्राम) लागु औषध (खैरो हिरोईन) र लागु औषध नापतौल गर्ने डिजिटल काँटा थान १ (एक) फेला पारी निज रेनिश डाँगीलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट लागु औषध ऐन अन्तर्गत दिन ४ को म्याद थप अनुमती प्रदान भई थप अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post