शुभ नारायण यादव /सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ गोबिन्दपुरमा आगलागि हुदा लाखौंको क्षति भएको छ । स्थानीय मजिद मियाँको घरमा आगलागी हुँदा घरमा भएका खाद्यान्न, लत्ताकपडा जलेर नष्ट हुनुक साथै धनमालको समेत क्षति हुदा झण्डै ५ लाख भन्दा बढीको क्षति भएको हाे । आगलागिमा एउटा पशु चाेपाया समेत जलेर घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।
यसेबिच छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव, छिन्नमस्ता गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विजय कुमार यादव र ईलाका प्रहरी कार्यालय सखडाका प्रहरीहरु लगायतका व्यक्तिहरुले घटना स्थलमा गई स्थलगत निरीक्षण गरी समस्याहरु बुझनुका साथै क्षतिपूर्तिका लगी पालिकाबाट आवश्यक राहत सामग्री उपलब्ध गराउने तथा अन्य निकायहरूबाट समेत सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यसेबिच अागलागि स्थानीयबासि ,सशस्त्र तथा जनपद प्रहरी तथा राजविराज नगरपालिकाकाे सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post