मान बहादुर ठकुल्ला /टीकापुर । सहकारीको सिद्धान्त हातमा हात ,सामुदायिक सहकारी तपाईंको साथ भन्ने नाराका साथ टीकापुर नगरपालिका वडान ७ सत्ती स्थित सामुदायिक सहकारी संस्था लिमिटेड को २२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष हरिकुमार कार्कि को सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का नगर प्रमुख रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा न ६ का अध्यक्ष बलिराम चौधरी , वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , वडा न ८ का अध्यक्ष दिर्घ ठकुल्ला रहनुभएको थियो ।
प्रमुख अतिथि डगौरा ले बाढिपिडित क्षेत्र हुनाले ठुलो बैंक ले लगानी गर्न नखोजेको अवस्थामा सामुदायिक सहकारी ले लगानि गरेर स्थानीय को जिवनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । सहकारी नाफामुलक सङ्गै सेवामुलक भई अझै सामाजिक उत्तरदायीत्व बहन गर्ने संस्था को रुपमा पाउनु सुखद भएको बताउनुभयो
प्रमुख अतिथिले फरक प्रसङ्गमा टीकापुरको बिकाश नहुनुमा खुट्टा तान्ने प्रवृत्ति ले गर्दा भएको बताउदै समस्या भए समाधान गर्न आफु जहिलेपनि तयार भएको तर केहि उग्र सोच भएका ब्यक्तिका कारण बिकास निर्माण मा समस्या भएको बताउनुभयो
संस्था का उपाध्यक्ष दिपक साउद को स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रम लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष कपुर सिह कडायत , सामुदायिक सहकारिका पुर्ब अध्यक्ष जङ्ग बहादुर साउद , सत्ति कर्णाली सामुदायिक बन का अध्यक्ष धनसिह साउद , पत्रकार भिम बिक , कालिका इङ्लिस बोर्डिङ स्कुल का अध्यक्ष नृप कडायत , समाजसेवी नरेस्वर धमाला , सत्ति कृषि सहकारी सस्था का खडक प्रसाद भन्डारि , सेयर सदस्य गगन सिह ठकुल्ला, जनता रामाबि का गोबिन्द कोइराला, प्रहरी चौकि सत्तिका दिनेश बिष्ट , रेडक्रस का टाेप केसि , को अप्रेटिभ का अध्यक्ष छबिलाल जैसि ,
कार्यक्रम मा जेहन्दार बिध्यार्थि रेनुका साउद , पुजा ढुङ्गाना ,प्रीतम चौधरी ,उत्कृष्ट कृषक बिनय चौधरी , होमनाथ आचार्य ,जित बहादुर खत्री जेष्ठ नागरिक नरेन्द्र रावल , जगे बुढा , पुरुसोतम रमानुदास थरुनि , मिरा भाट ,कस्तुरा कार्कि ,नखरि जैसि ,पदमा धामि , सागरा चौधरी लाइ सम्मान गरियको थियो
सहकारी को सेयर पुजि १४ करोड २५ लाख ३ सय रुपैयाँ रहेको छ । सस्थाले १२ करोड १५ लाख ७७ हजार ४ सय ३१ रुपैया निक्षेप संकलन गरेको छ । सस्थाले ७१ लाख ४४ हजार ९ सय ७२ रुपैया मुनाफा आर्जन गर्न सफल भएको छ । १८% का दरले लाभांश बाड्न सफल सहकारी को सेयर सदस्य संख्या महिला ६ सय ५२ , पुरुष १ हजार २ सय ६२ र सस्थापक ५ जना गरेर १ हजार ९ सय १९ जना रहेका छन्। कार्यक्रम को सन्चालन सचिब मनिराम ढुङ्गाना ले गर्नुभएको थियो ।
चुनाबि साधारण सभामा सहमति जुट्न नसकेकोले २४ गते चुनाब हुने निर्बाचन समितिले जनाएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post