इनरुवा । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरन्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।
यही ठाउँमा गत वर्ष बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले बर्जु महोत्सवमा रोक लगाएकोमा आयोजक बर्जु सामाजिक विकास केन्द्रको अगुवाईमा महोत्सव जारी राखेर भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेको तर नआएपनि आगजनी भएको थियो ।
गत वर्ष यादवलाई हेर्न २०७९ पुस २७ बिहानैदेखि सर्वसाधारणको भीड लागेको भएपनि गायक तथा कलाकार यादव कार्यक्रम स्थलमा नआएकाले लाखौको क्षती भएको थियो ।
आक्रोशित दर्शकको भीडले आगजनी गर्दा चारवटा भारतीय नम्बरको स्कारपिओ, एउटा सिटिसफारी, एउटा मोटरसाइकल र दर्जनौं साइकल तोडफोड गर्नुका साथै एक हजार वटा प्लास्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम र दुईवटा जेनेरेटर पूर्णरूपले नष्ट गरेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post