मान बहादुर ठकुल्ला/टीकापुर । कैलाली जिल्लाकाे टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहकाे २९ औं साधारणसभा सम्पन्न भएकाे छ । सामुदायिक वनका अध्यक्ष धनसिह साउदकाे अध्यक्षयता भएकाे साधारणसभा मा प्रमुख अतिथि प्रतिनि सभा सदस्य रुपा साेसी चाैधरी रहनु भएकाे थियाे भने बिशिष्ठ अतिथि नगर उप प्रमुख खड्क बहादुर शाह रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रुपा साेसी चाैधरीले यस सत्ती सामुदायिक वनबाट उत्पादन हुने बेतबाँसबाट निर्माण गरिने विभिन्न सामग्री लाई कसरी प्रचार प्रसार गर्न सकिन्छ त्यता तिर लागि पर्ने र यस क्षेत्रमा हुने बर्सेनि बाढीकाे समस्या समाधानका लागि सदैब लागि पर्नुका साथै गरिब समुदायकाे हितमा काम गर्ने बताउनु भयाे ।
कार्यक्रममा टीकापुर नगरपालिका का नगर उप प्रमुख खड्क बहादुर शाहले नेपालमा कहिल्यै पनि स्थानिय जनताका हितमा नियम कानुन संशाेधन हुदैन तर ठुला बडा का लागि भने समय अनुकुल कानुन शंसाेधन हुने गरेकाे आराेप लगाउनु भयाे । जसकालागि नव निर्वाचित प्रतिनिधि ले जतनाका हितमा कानुन शंसाेधन गर्नु पर्ने बताए ।सामुदायि बन का काेषाअध्यक्ष मनिराम डुङ्गानाले आर्थिक बर्ष २०७८/०७९ काे ९४ लाख ८९ हजार ८ सय ९४ रुपैया आय ब्य सार्वजनिक गरेका थिए भने २०७९/ ०८० काे १ कराेड १० लाख बराबरकाे अनुमानप आयब्य प्रस्तुत गरिेका थिए ।साधारण सभा मा सामुदायिक वनले सेवा क्षेत्रमा रहेका १सय १० जना जेष्ठ नागरिकलाई न्यानाे कम्मलले सम्मान गरेकाे छ भने सेवा क्षेत्रमा रहेका राष्ट्रिय आधारभुत बिद्यालय सुर्यपुर र कर्णाली माबि सत्तीका जेहेन्दार २४ जना बालबालिका शैक्षिक सामग्री समेत बितरण गरिएकाे थियाे । कार्यक्रममा उपभोक्ताकाे तर्फबाट नवराज ढुङ्गाना, बिपि निकुञ्ज सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शम्भु कडायत, लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायत, राष्ट्रिय अधारभुत बिद्यालय सुर्यपुरका अध्यक्ष जितराम चाैधरी ,भानुसामुदायक पुस्तकालय तथा श्राेत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना,प्रहरी चाैकी सत्ती प्रमुख दिनेश बहादुर बिष्ट, सब डिभिजन वन कार्यालयका प्रमुख हिरन्ड्य रावल , शाबिक धनसिहपुर गाबिसका पुर्व अध्यक्ष जंग बहादुर साउद , साबिक नारायणपुर गाबिसका पुर्व अध्यक्ष फकिर सिह कडायत , टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष बलीराम चाैधरी, वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने , वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना मनतब्य राख्नु भएकाे थियाे भने कार्यक्रम संचालन सामुदायिक वनका सह सचिब प्राङ्कुश चाैधरीले गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post