शुभ नारायण यादव/ सप्तरी । अत्याधिक चिसोका कारणले जनजीवन कष्टकर बन्दै गएको हुदा सप्तरीको राजविराजस्थित गैरसरकारी संस्थाले विपन्न तथा असहाय ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गर्नु भएको हो ।
सामाजिक क्षेत्रमा क्रियाशील सामुदायिक महिला विकास केन्द्र नामक संस्थाले सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ सदा वस्तीमा ४० जना विपन्न तथा असहाय नागरिकलाई सिरक वितरण गरेका हुन । सप्तरी जिल्ला निर्वाचन कार्यालयबाट उक्त वडाको मतदाता सूची झिकाएर स्थलगत जानकारी समेत लिई गरीब तथा असहाय ज्येष्ठ नागरिकलाई प्राथमिक्ताका साथ सिरक वितरण गरिएको संस्थाकी अध्यक्ष मिरा देवले बताइन । अत्याधिक चिसोका कारणले बढि मारमा परेका विपन्न वर्गको सहज जीवनयापनमा थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले सिरक वितरण कार्यक्रम गरेको र यसलाई केही दिन अझ निरन्तरता दिने वहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख ईसरत परविनले विपन्न, असहाय, ज्येष्ठ नागरिकहरुलाई संस्थाको तर्फबाट सिरक वितरण गरेकी थिइन ।
स्वेडेकका अध्यक्ष मिरा देव तथा निवर्तमान अध्यक्ष समेत रहेका वहाँका श्रीमान ई. इन्द्र नारायण देवले आफनो निजि लगानीमा चार दिन अघि पनि राजविराज १६ का ५० जना ज्येष्ठ नागरिकलाई सिरक बितरण थिए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, उपाध्यक्ष अम्बिका दाहाल, इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लगायतको उपस्थिति रहेको थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post