दिपेन्द्र यादव/इनरुवा । सुनसरीमा पछिल्लो समय प्रहरी प्रति जनविश्वासमा अभिवृद्धि हुन थालेको छ । घटित अपराधका अभियुक्त पक्राउ भई कानूनी कारबाहीको दायरामा आएपछि सुनसरी प्रहरी प्रति आम जनताको विश्वास बढ्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिनमा ४९ जना फरार प्रतिवादी पक्राउ गरेको कारण आम जनतामा प्रहरी प्रति बिश्वास बढ्न थालेकाे स्थानीयहरूकाे भनाइ छ ।
काेशी गाउँपालिका वडा नम्बर ६ का एक स्थानीयले बताएअनुसार प्रहरीले एकदिनमा ४९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्नु भनेकाे चुनाैतीकाे बिषय भएको बताए ।
उनलेे भने सुनसरीमा राजनीतिक खिचातानी बढी हुन्छन् तर सुनसरी प्रहरीले हालसालै सुरू गरेको अभियान जनताको हितमा रहेको कारण प्रहरी प्रति आम जनताको बिश्वास बढेको बताए ।
पछिल्लो समय यता घटेका केहि अपराधका घटनाहरुमा प्रहरीले अपराधी पक्राउ गर्न सफल भएपछि सुनसरी प्रहरीलाई सफलता मिलेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सोमबार मात्रै विभिन्न ठाउँबाट ३२ जना पुरुष र १७ जना महिला गरेर ४९ जना फरार प्रतिबादी पक्राउ गरेको छन्।
चालु आर्थिक बर्षमा अदालतहरुबाट बिभिन्न मितिमा बिभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले बिषेश प्रहरी टोलि परिचालन गरी पक्राउ गर्ने अभियान चलाएकोमा सोमबार मात्रै ३२ पुरुष र १७ जना महिला पक्राउ गरेर सुनसरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए।
गएको साउन १ गते देखि हालसम्म २सय ३५ जना फरार प्रतिवादी पक्राउ गरी उनिहरुबाट ८१ बर्ष ६ दिन कैद र ८ लाख ६६ हजार ४ सय ५१ रुपैंया बराबरको जरिवाना बापदको रकम असुल गरेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post