• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतकाे लुट

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ माघ १८ गते, २२:५७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतकाे लुट
50
SHARES
Share on FacebookShare on Twitter

वीरगंज । पर्साका स्थानीय तहहरुमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुको सेटिङमा संघसंस्था माफिया आमोदप्रसाद केवटले लुट मच्चाएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकी वडाटोल निवासी आमोदप्रसाद केवटले हालै निर्वाचित जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुलाई अग्रिम ४० देखि ६० प्रतिशत कमिसन बुझाउने शर्तमा टोकन मनी भनेर पैसा बाँड्दै कार्यक्रम लिने र काम नै नगरी बिल भरपाई मिलाई पहँुच तथा कमिसनको भरमा पैसा निकासा गराई आतंक मच्चाएका छन् । साथै केवटबाट बर्षेनी लाखौैं लाख बराबरको राजस्व अपचलन भएको छ ।
केवटले एक्लै बिभिन्न व्यक्तिहरुको नक्कली कागजातको अधारमा एक दर्जनभन्दा बढी समाजिक संस्था दर्ता गरी  कमिसनको भरमा सम्पूर्ण तालिम, सप्लाई तथा गोष्ठी र जनचेतनामूलक कार्यक्रमहरु ठेक्कामा लिई भ्रष्टाचार गर्ने गरेका छन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख,वडा अध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृत सरहको कर्मचारीहरुको घरघरमा मदिरा तथा मासु पु¥याई कार्यक्रम हात पारेका एनजीओ तथा संघसंस्था माफिया केवटले आफूलाई तिसमार खान बन्न खोजेको केही पालिकाका कर्मचारीले जानकारी दिएका छन् ।
भ्रष्टाचारमा लिप्त रहेका स्थानीयतहका कर्मचारीहरुले कागजात भेरीफाई नगरी धमाधम भुक्तानी पनि दिइरहेका छन् ।
चालु आ.व. का ९ महिनामा पर्साका अधिकांश स्थानीय तहहरुबाट केवटले करोडौँ करोडौँ बराबरको जनचेतनामूलक कार्यक्रम, सीपमुलक तालिम, सप्लायर्स सम्बन्धी कार्य तथा निर्माण सम्बन्धी कार्यको ठेक्का लिई कामै नगरी बिल भरपाई मिलाई भुक्तानी लिइरहेका छन् ।
कार्यक्रम प्रभावकारी हुनुपर्छ तर जिल्लाका अधिकांश पालिकाहरुमा केवटले कमिसन बुझाएर आफ्नो डिजाइनमा तालिम, सप्लायर्सको कार्य तथा गोष्ठी र जनचेतनामूलक कार्यक्रमहरु हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिका आसेपासेहरुलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढंगबाट भुक्तानी लिने गरेका छन् । उनले कागजमा मात्रै काम गरी पालिकाको लगानी वालुवामा पानी गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा खुल्नेछ ।
केवटले अहिले पैसाको बलमा अधिकांश गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रभावमा पारी कर्मचारीहरु भर्ना गराई दिन्छु भन्दै रकम असुल गरिरहेको आरोप छ ।
भ्रष्टाचार गर्नमा माहिर रहेका एनजीओ तथा संघसंस्थाका संचालक केवटले अकूत सम्पत्ति आर्जन गरेर गाडी तथा बीरगंजका कयौं ठाँउमा घडेरी जोड्न सफल भएका छन् । उनले कति भ्रष्टाचार गरेका छन् भने सत्य तथ्य पत्ता लगाउनका लागि सम्पत्ति शुद्धिकरण विभागमा पनि उजुरी परेको छ ।
यस्ता झोले तथा भ्रष्टहरुले गर्दा पर्साको अधिकांश राम्रो संघ संस्थाहरुलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो समाजिक विकास सम्बन्धी कामहरुको बदनामी भइरहेको छ । 

Tags: जनप्रतिनिधिप्रमुख प्रशासकीय अधिकृतकोलुटस्थानीय तहमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist