• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : पर्साका जयसवाल भाइद्वय र प्रदेश सांसद् खड्कासहित ४९ विरुद्ध मुद्दा दायर

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ माघ २० गते, १९:५४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
पर्सामा वन्यजन्तु तस्करी प्रकरण : पर्साका जयसवाल भाइद्वय र प्रदेश सांसद् खड्कासहित ४९ विरुद्ध मुद्दा दायर
48
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै पर्सा र काठमाडौंका दुईजना प्रदेश सांसद् र पूर्वगाउँपालिका अध्यक्ष सहित ४९ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३(क) का प्रदेश सांसद् प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(ख) का प्रदेश सांसद श्याम खड्का, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित ४९ जना वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहेको ठहर गर्दै निकुञ्जले उनिहरु विरुद्ध माघ १७ गते मुद्दा दायर गरेको हो ।
प्रदेश सांसद् जयसवाल स्वतन्त्रबाट निर्वाचित भएपनि केहि दिन अघि मात्र उनि जनता समाजवादी पार्टी (जसपा ) प्रवेश गरेका छन् । खड्का भने नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् । पालिकाका पूर्वअध्यक्ष जयसवाल पनि जसपाका नेता हुन् । जयसवालद्वय सहोदर दाजुभाई पनि हुन् ।
मुद्धा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का , पालिकाका पूर्वअध्यक्ष जयसवाल र सञ्‍जीव शाही गरि ४ जनाले वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै उनिहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिमको सजाय हुने गरि मुद्दा दायर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।
खड्काका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा सजाय हुनेछ । ऐनमा कसुरदारलाई २० हजार देखि ५० हजार रुपैयाँ जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रदेश सांसद् खड्काको हकमा उनको आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निष्कर्ष निकाल्दै निकुञ्जले उनी विरुद्ध हातहतियार खरखजना ऐन, २०१९ बमोजिम थप कारबाहीका लागि पनि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेरसमेत पठाएको छ ।
यस्तै पक्राउ परेका ८ जना प्रतिवादीहरू झापस दास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलन मियाँ अन्सारी र भोला बहादुर पुन मगरलाई भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बामोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले जानकारी गराए ।
यस्तै फरार रहेका मध्ये धोज कुमार लामा, विकास सहनी र उपेन्द्र यादवविरुद्ध पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बामोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले बताए । वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहि फरार रहेका (नाम, वतन पूर्ण रुपमा नखुलेका) अरु ३४ जना प्रतिवादीको हकमा भने पहिचान खुली पक्राउ परेका बखत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमजोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले जानकारी दिए ।
गत पुष ४ गते राति निकुञ्जमा गस्तिका क्रममा राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोली र वन्यजन्तु सिकारीहरु बिच गोली हानहान भएको थियो । त्यसपछि सिकारी समूहलाई पछ्याउँदै जाने क्रममा निकुञ्ज र सेनाको टोलीले प्रदेश सांसद् प्रमोद जयसवालको पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ स्थित घरबाट मृत जरायो र हातहतियार सहित ५ जना सिकारीलाई पक्राउ गरेको थियो ।
उनिहरुको साथबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, नाइटभिजन राइफल, आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स मोबाइल, २ लाख ९० हजार रुपैयाँ नगद, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको थियो ।
टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २-०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो । उक्त गाडी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको नाममा रहेको छ । निकुञ्जको टोलीले काठमाडौं-१७ घर भएका सञ्जिव शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी पनि बरामद गरेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ परेपनि ती मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का, पालिकाका पूर्व अध्यक्ष जयसवाल, प्रकाश केसी र सञ्जिव शाहीलाई निकुञ्जले तारेखमा रिहा गरेर अनुसन्धान गरिरहेको थियो ।

Tags: ४९ विरुद्धखड्कासहितजयसवालतस्करी प्रकरण :पर्साकापर्सामाभाइद्वय र प्रदेश सांसद्मुद्दा दायरवन्यजन्तु

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist