शुभ नारायण यादव/ सप्तरी । सप्तरीको महादेबा गाउपालिकामा अख्तियारको ध्यान जादा धमाधम होमपाइप जडान गरि बजेट सिध्याउदे आएको खुलासा भएको छ । गत आर्थिक बर्ष २०७४÷०७५ को बजेट सिध्याउन अहिले महादेबा गाउपालिकाका जनप्रतिनिधिहरु धमाधम लागिपरेका हुन । महादेबा गाउपालिका वडा न.१ को अगाडी टोलमा जनप्रतिनिधिहरुले माटो, ग्राइभेल तथा होमपाइप जडानमा मात्रै ७० लाख हचुवाको तालमा खर्च गर्दै गरेको आरोप स्थानीयहरुले लगाएका छन । डिहबार बाबा थान(चन्द नहर)देखि बलथि गाउँको पुछार सम्ममा माटो, ग्राइभेल तथा होमपाइप जडान गर्न सो रकमको कामे नगरि सिध्याएकाले हाल सो कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरि परे पछि अनुगमनका लागी टोली आए पछि सो धटना सार्वजनिक भएको हो । तत्कालीन उपभोक्ता समितिका अध्यक्ष अमर यादव र कोषाध्यक्ष सुदिलाल सदा सहितकाहरुको मिलोमतोमा उक्त बजेट कामे नगरि सकाएको आरोप स्थानीयहरुको रहेको छ । स्रोतका अनुसार गाउपालिका स्तरीय योजना मध्ये कुल बजेट १ करोड ३० लाख मध्ये वडा न.१ मा ७० लाखको लागतमा सो वडामा काम नलाग्ने स्थानमा होमपाइप जडान गरि बजेट सिध्याउनका लागि जनप्रतिनिधिहरु लागिपरेको स्थानीय बिरेन्द्र गोइतको आरोप रहेको छ । जुन ठाउमा होमपाइप जडान गरेको छ त्यस ठाउँमा पानी निकास हुदैन तथा सिचाइको लागि पनि आवश्यकता नभएको स्थानमा बजेट सिध्याउन स्थानीय जनप्रतिनिधिहरु धमाधम होमपाइप जडान गर्दै आएको स्थानीयहरुको कथन रहेको छ ।उक्त कामको अख्तियार आयोगको अनुगमन टोली आए पछि वडाको विभिन्न ठाउँमा धमाधम होमपाइप जडान भईरहेको स्थानिय बताउँछन ।
सो आर्थिक बर्षमा महादेवा गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा केशब झा तथा लेखापाल हिरालाल यादवले ने सो रकमको भुक्तानी दिइएको स्रोतले जनाएको छ । यता सो सम्बन्धमा महादेबा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब झाले उक्त योजनाको काम सम्भवतः पूरा भइसकेको बताउदै उहाले सो कार्यको लागि २५ लाख भुक्तानी मात्रै दिएको जानकारी दिदै सो बिषयमा थप बिस्तृत बुझ्ने काम गर्नेछु भन्नेर जानकारी दिनुभयो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post