• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी प्रहरीप्रति आम जनताको विश्वास बढ्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ माघ २३ गते, ९:१६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरी प्रहरीप्रति आम जनताको विश्वास बढ्दै
40
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी पछिल्लो समय एक्सनमा आएका छ । प्रहरीले बढ्दो लागू औषधको ओसार पसार, विक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशिलताको नीति अवलम्वन गरी प्रचलित कानून बमोजिम कारवाही बढाएको हो ।
समाजमा बढ्दो लागूऔषध दूर्व्यसनलाई न्यूनिकरण गर्ने अभियानलाई सुनसरी प्रहरीले निरन्तरता दिन सुरु गरेपछि यस क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरु धमाधम प्रक्राउ पर्न थालेको कारण प्रहरी एक्सनमा आएको आम सर्वसाधारणको बुझाई छ ।
अहिले समान्यतया प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध ओसारपसार गर्ने जो कोहीलाई प्रहरीले हेर्न नसक्ने र तत्काल कानुनी दायरामा ल्याउन थालेपछि प्रहरीप्रति आम जनताको विश्वास बढ्न थालेको छ ।
प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध ओसारपसारमा सलगन भएका व्यक्ति तथा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन थालेपछि यस क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु पलायन हुन थालेको सीमावर्ती क्षेत्रका स्थानीयहरुको कथन छ ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत रहेका प्रहरीहरुको सकृयतामा एक हप्ताभित्र ४ सय ८१ जना लागूऔषध दूर्व्यसनीमा संलग्न भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिई उद्धार गर्न थालेपछि प्रयोगकर्ताहरु सचेत हुन थालेको प्रहरी नायव निरिक्षक राजकुमार राइको कथन छ ।
प्रहरी नायव उपरीक्षक राईका अनुसार लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरुको समाजमा सामाजिक जीवन पुनःस्थापना कायम गराउने उदेश्यले प्रहरी कार्यालय सुनसरीद्धारा १ हप्तामा ४८१ जना नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले बढ्दो लागूऔषधको ओसार पसार, विक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशिलताको नीति अवलम्वन गरी प्रचलित कानून बमोजिम कारवाही गरी बढ्दो लागूऔषध दूर्व्यसनलाई न्यूनिकरण गर्न साथै लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरुको समाजमा सामाजिक जीवन पुनःस्थापना गराउन अभिभावकहरुलाई जानकारी÷सम्पर्क गरी थप जिम्मेवार बनाई समाजमा शान्ती सुव्यवस्था कायम राख्न विशेष सुरक्षा योजना अघि बढाएका छन् ।
सुनसरी जिल्ला अन्तर्गत रहेको लागू औषध सेवन तथा कारोवार हुने विभिन्न मूख्य–मूख्य स्थानहरुमा विशेष सुरक्षा योजना बनाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत सम्पूर्ण प्रहरी ईकाईहरुमा विशेष प्रहरी टोली परिचालन गरी मिती २०७९ माघ १२ गते देखी मिती २०७९ माघ १८ गते सम्म १ हप्ता सम्म संचालन गरेको विशेष अभियान अभियानमा ४ सय ८१ जना नियन्त्रण लिएर पहिलो पटक ४ सय ७५ जनालाई सम्झाई बुझाई परिबारको जिम्मा लगाएको प्रहरी उपरीक्षक राइले बताए ।
उनले बताएअनुसार लागू औषध सेवन तथा कारोवार हुने विभिन्न मूख्य–मूख्य स्थानहरुबाट पुरुष– ४७३ र महिला– ८ गरी जम्मा ४८१ जना लागूऔषध दूर्व्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको मध्ये ४७५ जनालाई सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिई निजहरुको अभिभावकहरुलाई बोलाई थप जिम्मेवार बनाई जिम्मा लगाईएको बताए ।
त्यस्तै लागु औषध दूर्व्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको मध्ये १ जनालाई सुधार केन्द्र पठाईएको र ५ जनालाई कानूनी प्रक्रिया वमोजिम मुद्दा चलाई आवश्यक अनुसन्धान कारवाही अघि बढाएको बताए ।
प्रहरीको तथ्यांकमा लागू औषध सेवन तथा दुर्व्यसनमा सबै भन्दा बढी १६ देखि ३० बर्ष उमेर समूहका व्यक्तिहरू संलग्न रहेको देखिएका छन् ।
सो मध्ये लागुऔषध दुर्व्यसनी ग्रस्त एरिया धरान उपमहानगरपालिकामा ९९ जना, इटहरी उपमहानगरपालिका ६२ जना, बराहक्षेत्र नगरपालिका १४२ जना , रामधुनी नगरपालिकामा ८ जना, इनरुवा नगरपालिकामा ५७ जना र दुहबी नगरपालिकामा ८ जना रहेका छन् भने अन्य बर्जु गा.पा.मा ६ जना, गढी गा.पा. मा १४ जना,देवानगंज गा.पा. मा १० जना , हरीनगर गा.पा.मा ४ जना,भोक्राहा नरसिंह गा.पा.मा ११ जना, कोशी गा.पा.मा १० जना र अन्य ५० जना व्यक्तिहरुलाई प्रहरीको कारवाहीमा परेको उनले बताए ।
प्रहरी नायव उपरीक्षक राईले भने लागू पदार्थ दुर्व्यसन र लागू औषध नियन्त्रण आफैंमा संवेदनशील छ । किनकी यसले देशको ऊर्जाशील जनशक्तिलाई कुलतमा फसाउने काम त गरेको छ नै त्यो भन्दा बढी सुरक्षा चुनौती पनि बढाउँदै गएको छ । नियन्त्रणमा सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नरहेको बताउँदै लागूऔषध नियन्त्रणमा अभिभावकहरुलाई सचेत हुन् आवश्यक रहेको बताए ।

 

Tags: आम जनताकोप्रहरीप्रतिबढ्दैविश्वाससुनसरी

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist