शुभ नारायण यादव/ सप्तरी । सप्तरीको राजविराज जेसीजले साताव्यापी कार्यक्रमको रूपमा जेसीज सप्ताह २०२३ शुभारम्भ गरेको छ। जेसीज सप्ताह अन्तर्गत ७ दिनसम्म प्रत्येक दिन एक नविन्तम् कार्यक्रमको आयोजना गरेर मनाइने गरिएको राजविराज जेसीज वर्ष २०२३ का महासचिव रवि रायले जानकारी दिनुभयो।
जेसीज सप्ताहको पहिलो दिन आज राजविराजको गजेन्द्र चौकमा महिला तथा दिदी बहिनीहरूलाई सेनिटरी प्याड वितरण गरेर मनाइएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा आमन्त्रित राजविराज जेसीज वर्ष २०२० की अध्यक्ष नानीमैया कटवालले सेनिटरी प्याड वितरण गर्नुका साथै उनले सेनिटरी प्याडको उपयोगिताको विषयमा आफ्नो मन्तव्य राख्नभएकी थिइन्। यसका साथै कार्यक्रममा राजविराज जेसिजका पूर्व अध्यक्ष सन्तोष सिन्हा तथा सिद्धार्थ तातेडको उपस्थिति रहेको थियो।
राजविराज जेसीज वर्ष २०२३ को अध्यक्ष उज्ज्वल काबराले यस वर्ष नेतृत्व क्षमता विकास र समाजलाई परिवर्तन गर्ने किसिमका थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने कानुनी सल्लाहकार विप्लव आनन्दले सुधारोन्मुख र सामाजिक उत्तदायित्वलाई पूर्ति गर्नको लागि सबैको सल्लाह, सुझाव तथा सहयोग लिएर अगाडि बढ्ने तर्क राखेका थिए।
आज सम्पन्न कार्यक्रमको संयोजकको जिम्मेवारी रिया रोय सञ्चेतीले गरेकी थिइन्। जेसीज सप्ताह २०२३ अन्तर्गत भोली विहान ०६:०० बजे राजविराज जेसीजमा एडभान्स योग शिविरको आयोजना गरिने भएको छ जसको जिम्मेवारी पंकज देवले लिनुभएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post