मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ मा नारायणपुर सामुदायीक सिकाई केन्द्रकाे छैठौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कपुर सिह कडायतकाे अध्यक्षता भएकाे साधारण सभामा प्रमुख अतिथी टीकापुर नगरपालिका शिक्षा उप सचिब दमन सिह चाैधरी रहनु भएकाे थियाे भने बिशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, वडा न ६ का अध्यक्ष बलिराम चाैधरी, वडा न ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए ।सामुदाय सिकाई केन्द्र कि धनसरी काेईरालाकाे स्वागत मन्तब्य संगै शुरु भएकाे बार्षिक साधारण सभामा सामाजिक परिचालक खुमा तिवारीले आर्थिक वर्ष २०७८/२०७९ काे ३ लाख ४७ हजार ६४ रुपैया आय ब्यय प्रस्तुत गरिएकाे थियाे भने २०७९/०८० काे ४ लाख ३७ हजार ३ सय ६४ बराबरकाे अनुमानित आय-ब्यय सार्वजनिक गरिएकाे छ ।
सिकाई केन्द्रकाे बार्षिक साधारण सभामा नव दुर्गा महिला समुहका अध्यक्ष उमा भट्टराई , गाेदावरी महला समुहका अध्यक्ष शुसिला बस्नेत , कालिका ईङ्लिस स्कुलका अध्यक्ष नृप कडायत, बिपि निकुञ्ज सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शम्भु कडायत ,डल्फिन संरक्षण कर्मि भाेजराज ढुङ्गाना , जनकल्याण सहकारी संस्था लिमिटेड का ब्यवस्थापक छबिलाल जैशी र कार्यक्रम का बिशिष्ठ अतिथि यज्ञ प्रसाद न्याैपाने ,दिर्घ बहादुर ठकुल्ला लगायत शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन सिकाई केन्द्र का सचिब टाेप बहादुर के सी ले गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post