इनरुवा। विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण मार्फत विधार्थीले हाँसिल गरेका सक्षमताको परीक्षण गरी नतिजामा सुधार ल्याउनका लागि आवश्यक पृष्ठपोषण प्रदान गर्ने उदेश्यले सुनसरीका ४३ विद्यालयको विद्यार्थी उपलब्धि परीक्षण गर्दैछ ।
सुनसरीका १२ स्थानीय तहका ४३ सामुदायिक तथा संस्थागत विद्यालयहरुको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण अन्तरगत विद्यार्थी उपलब्धि परीक्षण गर्न लागेको हो ।
विद्यार्थी उपलब्धि परीक्षण गर्नका लागि शिक्षा विकास ताथ समन्वय इकाई सुनसरीले १५ जना परीक्षण सञ्चालकहरुलाई अभिमुखिकरण तालिम दिएर सुचिमा परेका विद्यालयमा पठाएको छ । इकाईका निमित प्रमुख निर्मल निरौलाले शैक्षिक गुणस्तर परीक्षण केन्द्रको निर्देशनमा प्रत्येक वर्ष नमुना छनौटका आधारमा निश्चित संख्यामा विभिन्न कक्षा र विषयमा विद्यार्थी उपलब्धि परीक्षण गर्दै आएकोमा यसपाली कक्षा १० का विधार्थीको गणित, विज्ञान, नेपाली र अग्रेंजी विषयमा ४३ विद्यालयका एक हजार १६१ विधार्थीको उपलब्धि परीक्षण गर्न लागेको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थीको सिकाइ उपलब्धिमा विगतका वर्षहरूमा खासै सुधार नभएको निश्कर्ष निकालेकोमा यसपाली फेरी देशभरका एक हजार ८०० विद्यालयका ४८ हजार विधार्थीको कक्षा १० को गणित, विज्ञान, नेपाली र अग्रेंजी विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्दैछ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post