सप्तरी । राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्तिमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ ।
‘भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै’ शीर्षकमा प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो ।
‘नयाँ पत्रिकाको २३ माघको न्युजका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘कागजात उपलब्ध गराइदिन नगरपालिकालाई पत्र पठाएका छौँ ।’
राजविराज नगरपालिकामा ऐन–नियम मिचेर तोकआदेशकै भरमा कर्मचारी नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धा नगराई नगरपालिकाले ऐन–नियम मिचेर तोकआदेशका आधारमा करारमा कर्मचारी नियुक्त गरेको समाचार नयाँ पत्रिकाले प्रकाशन गरेको थियो ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post