झापा । झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post