• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी सहित १२९ स्थानीय तहको मात्रै जग्गा वर्गीकरण, खुल्यो कित्ताकाट

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ फाल्गुन १५ गते, २२:०२ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
सुनसरी सहित १२९ स्थानीय तहको मात्रै जग्गा वर्गीकरण, खुल्यो कित्ताकाट
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भूमिलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने समयसीमा तोकिएको साढे दुई महिना वितिसक्दा बल्ल १७ प्रतिशत स्थानीय तहले मात्रै आफ्नो क्षेत्रमा जग्गा वर्गीकरण गर्न सकेका छन् ।
देशभर रहेका ७५३ स्थानीय तहमध्ये १२९ स्थानीय तहको मात्रै जग्गा वर्गीकरण गरेको जानकारी प्राप्त भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
भूमि व्यवस्था मन्त्रालयले ‘भूउपयोग नियमावली, २०७९ जारी गरेको नौ महिनाभन्दा बढी भइसकेको छ । नियमावली राजपत्रमा प्रकाशित भएलगत्तै मन्त्रालयले स्थानीय तहलाई २३ मंसिरभित्र आफ्नो क्षेत्रको जग्गालाई कम्तिमा कृषि र गैरकृषि भनेर वर्गीकरण गर्न समयसीमा तोकेको थियो ।
तर, स्थानीय तहले तोकिएको समयसीमाभित्र भूमिको वर्गीकरण गर्न असफल भएको विभागले जनाएको छ । कृषि र गैरकृषि भूमि भनेर वर्गीकरण नगरेको जग्गाको कित्ताकाट समेत रोकिएको छ । जसले गर्दा देशभर ९ महिनादेखि कित्ताकाट सुस्ताएको छ ।
जग्गाको वर्गीकरण भइसकेको पालिकाहरुमा भने कित्ताकाट खुलिसकेको विभागले जनाएको छ । ‘आफ्नो क्षेत्र हेर्ने पालपोत कार्यालयलाई पत्राचार गरे पुग्ने हुनाले कतिपय पालिकाले जग्गाको वर्गीकरण गरिसके पनि विभागमा जानकारी आएको छैन्’ प्रवक्ता भण्डारीले भने, ‘अहिले विभाग आफैले मालपोत कार्यालय र स्थानीय तहमा फोन गरेर भूमीको वर्गीकरणबारे जानरी लिइरहेका छौं ।’
काठमाडौं उपत्यकाका २१ पालिकामै कित्ताकाट खुला
काठमाडौं उपत्यकाका  २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि सबैतिर कित्ताकाट खुलेको छ ।
काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिकासहित कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटा पालिका रहेका छन् ।
यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् भने भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।
जग्गाको वर्गीकरण भई कित्ताकाट खुलेका पालिकाहरू 
विभागका अनुसार पूर्वको ताप्लेजुङ जिल्लाका फुङलिङ, मेरिङदेन, आठराई त्रिवेणी, मैयाखोला, सिरीजंगा, निक्वाखोला, श्रीदिङ्ला, फत्तालुङ र पाथिभरा याङ्वरक गरी नौवटै पालिकाले भूमी वर्गिकरण गरिसकेका छन् ।
पाँचथरका ८ पालिकामध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले मात्रै जग्गा वर्गीकरण गरेको बताइएको छ । यस्तै, इलाममा पनि आठवटा पालिकामध्ये इलाम र देउमाई नगरपालिकाले मात्रै जग्गा वर्गीकरण सकेका छन् ।
मोरङमा विराटनगर महानगरपालिका, बुढीगंगा, जहदा, ग्रामथान र रंगेली नगरपालिकाले जग्गाको वर्गीकरण गरेको विभागले जनाएको छ । मोरङ जिल्लामा १७ स्थानीय तह रहेका छन् । यस्तै, सुनसरीका १२ स्थानीय तहमध्ये धरान उप–महानगर, हरि नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले जग्गा वर्गीकरण सकेका छन् ।
१० वटा पालिका भएको संखुवासभामा खाँदबारी नगरपालिकाले मात्रै जग्गा वर्गीकरण गर्न सकेको छ भने नौवटा पालिका रहेको भोजपुरमा भोजपुर नगरपालिका, रामप्रसाद राई, पौवादुङमा र अरूण गाउँपालिकाले वर्गीकरण गरेका छन् ।
सोलुखुम्बु जिल्लामा दूधकोशी गाउँपालिकाले मात्रै जग्गा वर्गीकरण गरेको छ भने दयपुर जिल्लामा त्रियुगा, उदयपुरगढी, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाले मात्र वर्गीकरण सकेका छन् । दुबै जिल्लामा आठ–आठवटा पालिका रहेका छन् ।
१३ पालिका रहेको धुनषा जिल्लामा एउटा मात्रै जनकपुर उपमहानगरपालिकाले जग्गा वर्गीकरण सकेको विभागले जनाएको छ । यस्तै, १३ वटै पालिका रहेको बारामा दुईवटा  कलैया र कोल्हाबी नगरपालिकाले जग्गा वर्गीकरण सकेका छन् ।
यस्तै, रौतहटमा चारवटा गरूडा, गढीमाई, देवाहीगोनाही र माधवनारायण नगरपालिकाले जग्गा वगीकरण गरेको बताइएको छ । यो जिल्लामा १५ पालिका रहेका छन् ।
दोलखामा पनि अहिलेसम्म एउटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी आएको विभागले जनाएको छ । दोलखाका नौ पालिकामध्ये वैतेश्‍वर गाउँपालिकाले मात्रै जग्गा वर्गीकरण गरेको हो ।
रामेछापका आठ पालिकामध्ये एक सुनापति गाउँपालिकाले वर्गीकरण गरिसकेको छ भने सिन्धुलीमा रहेका नौवटै पालिका कमलामाई नगरपालिका, दुधौली, गोलन्जर, घ्याङलेख, तीनपाटन, फिक्कल, मरिण, सुनकोसी र हरिहरपुरगढी गाउँपालिकाले जग्गा वर्गीकरण सकेका छन् ।
७ पालिका रहेको चितवनवनमा तीनवटा रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले वर्गीकरण सकेका छन् । यस्तै, मकवानपुरका १० पालिकामध्ये दुईवटा हेटौंडा उपमहानगर र मनहरि गाउँपालिकाले मात्रै जग्गा वर्गीकरण गरेको विभागले जनाएको छ ।
सिन्धुपाल्चोकका चौतारा साँगाचोकगढी, मेलम्ची, बाह्रबिसे नगरपालिका र सूर्यगढी, शिवपुरी, इन्द्रावती र बलेफी गाउँपालिकाले वर्गीकरण सकेका छन् । यो जिल्लामा १२ पालिका छन् ।
आठवटा पालिका रहेको लमजुङ जिल्लामा एउटामात्रै बेँसीसहर नगरपालिकाले जग्गा वर्गीकरण सकेको छ । यस्तै, कास्कीमा माछापुच्छ्रे गाउँपालिकाले वर्गीकरण सकेको छ ।
१६ पालिका रहेको रुपन्देहीका बुटवल उप–महानगर, सिद्धार्थनगर, तिलोत्तमा, सियारी, ओमसतिया, शुद्धोधन र रोहिणी पालिकाले जग्गा वर्गीकरण गरेका छन् ।
तिलोत्तमा देशमै सुरुमै जग्गा वर्गीकरण गर्नेमध्ये पालिकामा पर्छ ।
कपिलवस्तुमा छत्रदेव गाउँपालिका, नवलपरासीमा सुनवल नगरपालिका, दाङमा तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली, दंगीशरण, गढवा, शान्तिनगर र बबई गाउँपालिकाले वर्गीकरण सकेका छन् । यी जिल्लामा क्रमशः १०, १५ र १० पालिका रहेका छन् ।
यस्तै, बाँकेका आठवटै पालिकाले जग्गा वर्गीकरण गरेका छन भने बर्दियाका आठमध्ये ठाकुरबाबा र राजापुर नगरपालिकाले वर्गीकरण सकेका छन् । यस्तै, रूकुमका नौ पालिकामध्ये चौरजहारी नगरपालिकाले मात्रै जग्गा वर्गीकरण सकाएको छ ।
१३ पालिका रहेको कैलाली जिल्लामा धनगढी उपमहानगर, भजनी, लम्कीचुहा, टिकापुर, जोशीपुर र बर्दगोरिया पालिकामा जग्गा वर्गीकरण गरेका छन् ।

Tags: १२९ स्थानीय तहकोखुल्यो कित्ताकाटजग्गा वर्गीकरणमात्रैसुनसरी सहित

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist