वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फाल्गुन १६ गते भाेली मंगलबार माझी समुदायको महान पर्व १७ औं नदी ( कोशी ) पुजाको अवशरमा सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाको वडा नं २ सिशौली तारघाटमा सुनसरी भरका माझी समुदायहरु आएर विशेष कोशी पुजा गर्ने र मेला लाग्ने भएकाले लदि अर्थात कोशी पुजाको अबशरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो। माझी समुदायहरुले प्रत्यक बर्षको तेस्रो मङलबार लदि अर्थात कोशी पुजा मनाउने गर्दछन् ।
प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाका अनुसार वराहक्षेत्र नगरपालिकाको फाल्गुन १४ गतेको निर्णय अनुसार वराहक्षेत्र नगरपालिकाद्बारा स्वीकृत वराहक्षेत्र नगरपालिकाको सार्वजनिक विदा घोषणा सम्बन्धी कार्यबिधि २०७६ सालको दफा ३ मा स्थानीय स्तरको राष्ट्रिय वा स्थानीय महत्त्वको कुनै दिवस , चाड पर्व, जात्रा, घटना, शोक , बिषय वा अवसरमा नगरपालिका क्षेत्र भित्र वा नगरपालिकाको कुनै खास क्षेत्र वा कुनै वडामा लागू हुने गरी दिन तोकि सार्वजनिक विदा दिने घोषणा गर्न सकिनेछ भनी उल्लेख भए बमोजिम फाल्गुन १६ गते भाेली मंगलवार कोशी पुजाको अवसरमा सार्वजनिक बिदा दिईएको हो ।
वराहक्षेत्र – २ सिसौली घाटमा कोशी पुजा भव्यताका साथ मनाउदै धार्मिक सांस्कृतिक एेक्यवद्बता , सहिष्णुता र सद्बभावलाई संरक्षण एव सम्वर्द्बन गर्ने उदेश्यले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिएका छन्।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post