• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रदेश-१ को नाम अब कोशी प्रदेश

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ फाल्गुन १८ गते, ७:४० बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
प्रदेश-१ को नाम अब कोशी प्रदेश
43
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश-१ प्रदेश सभा बैठकमा प्रदेशको नाम ‘कोशी’ राख्ने नेकपा एमालेको प्रस्तावमाथि छलफल शुरू भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले पेस गरेको प्रस्ताव पारित भएपछि छलफल शुरू भएको छ । कोशीको पक्षमा ८२ जना रहेका छन् भने विपक्षमा ५ सदस्य रहेका थिए ।
प्रदेश सभामा माओवादीका तर्फबाट इन्द्र आङ्गबोले पहिचान पक्षधर कमजोर भएकाले कोशी प्रदेश स्वीकार गर्न परेको बताउनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा यसपटक पहिचानको पक्षधर सांसद कम भएका कारण आफूहरूले कोशी प्रदेशमै सहमति जनाएको बताउनुभयो । प्रदेशसभामा नेकपा एकीकृतका सांसद राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेश सभाले मगरले पेस गरेको प्रस्तावलाई छलफलका लागि स्विकार्दै राईले पेस गरेको प्रस्तावलाई अस्वीकार गरेको थियो । प्रदेश सभाको बहुमतले कोशी नामलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत–लिम्बुवान–सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश सभालाई गराउनुभएको थियो ।
कोसीको पक्षमा एमाले, नेपाली कांग्रेस, माओवादी र राप्रपा देखिएका छन् । विपक्षमा एकीकृत समाजवादी र जसपा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रले पहिचानको आधारमा नाम राख्न नसक्ने भएपछि प्रदेशको नामकरणमा बाधक नबनेको स्पष्टीकरण दिएको छ । बुधबार प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खोलानालाले पहिचान नखोजेको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न बुधबार नै प्रदेशसभामा प्रस्ताव पेस गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि उक्त नाममा समर्थन जनाएका छन् । तर, आङ्बोले पाँच वर्षसम्म पहिचान र भूगोल केका आधारमा नाम राख्ने भन्ने विवाद हुँदा प्रदेशको नामकरण नै हुन नसकेको स्मरण गर्नुभयो ।प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने पक्षमा आफ्नो पार्टी भए पनि अहिले राजनीतिक निकास दिने हिसाबले अगाडि बढेको आङ्बोले बताउनुभयो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भूपेन्द्र राईले प्रदेशको नाम कोशीलाई पारित गर्न प्रस्ताव गर्नुभयो । छलफलका क्रममा उहाँले अहिलेसम्म नाम राख्न नसकेको भनेर प्रदेशको आलोचना भइरहेका बेला कोसी नाम पारित गर्नुपर्ने धारणा राख्नुभयो । यो नामले सिंगो प्रदेशलाई समेट्ने उहाँको भनाइ छ । नेकपा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने बताउनुभयो । सबै सभ्यता काेशीसँग जोडिएको बताउँदै उहाँले प्रदेशको नाम कोशी उपयुक्त भएको धारणा राख्नुभयो ।
राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले कोशी प्रदेशले सबै पहिचान समेट्ने भएका कारण कोसी प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो । प्रदेश १ सरकारका स्वास्थयमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूले बहुमतका आधारमा आफूलाई सती लगिएको आरोप लगाउनुभएको छ । प्रदेश १ प्रदेश सभामा प्रदेशको नामको विषयमा भएको छलफलमा उहाँले रुँदै आफू हाँसोको पात्र मात्रै भएको गुनासो गर्नुभयो । उहाँले प्रदेश नामको विषयमा सरकारमै भएको भए पनि आफूलाई थाहा नदिएको भन्दै दुखेसो पोख्नुभयो । उहाँले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताउनुभयो ।
बुधबार प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले भने एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता भुलेको आरोप लगाउनुभयो । एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिबद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उहाँले बताउनुभयो । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उहाँले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तीर्थराज भट्टराईका अनुसार विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उता प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालय नजिक प्रदर्शन भएको थियो । प्रदेशको नाम कोशी हुने लगभग निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विराटनगरको देवकोटा चोकमा पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

Tags: अबकोशी प्रदेशप्रदेश १ को नाम

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist