इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयको आयाेजनामा कार्यालयको आयाेजनामा आपसी सद्भाव, मेलमिलाप र खुशी साटासाट गरी आइतबार फागु अर्थात् होली पर्व मनाइँदैछ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहताकाे संयोजकत्व तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख अतिथियता, प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेकाे विशिष्ट अतिथियतामा विशेष हाेली पर्व आदानप्रदान कार्यक्रम मनाउँदै छन् ।।
होली पर्वका अवसरमा भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीय अगुवा र विभिन्न सङ्घसंस्थाहरूकाे प्रतिनिधिकाे सहभागितामा होली पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका मनाउँदै गरेका हुन् ।
रङको पर्व भनिने होलीमा गाउँपालिका परिवार, राजनीतिक दलका प्रतिनिधि, इष्टमित्र तथा साथीभाइबीच एकापसमा विभिन्न रङ दलेर खुशियाली साटासाट गर्दै हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान र रंग साटासाट गरि हाेली मनाउँदै छन् ।
उता सुनसरी जिल्ला सहित तराईमा होलीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्त्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान् गणेशलाई सबै रङ मन पर्ने र रातो रङलाई शक्ति तथा सौभाग्यको सूचक मानिन्छ। अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वमा विजयको उमङ्गका रूपमा रङ खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले समेत जलाउन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेकाले असत्यको बध भएको दिनको सम्झनामा होली मनाइने गरिएको धर्मशास्त्रमा उल्लेख छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post