इनरुवा । कोशी प्रदेश स्थित मोरंगको बुढीगंगा गाउँपालिकामा किशोरीहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ ।
बुढीगंगा गाँउपालिका भित्रका किशोरीहरुको लागि स्थानीय अगुवा अधिकारकर्मी तथा समाजसेवी भावना ऋषिदेवको सहजीकरणमा आयोजक इन्टरनेशनल रिप्वलिकेन इस्च्युट र साझोदार संस्था नेपाल लिडरशिप एकेडमी र एस प्राजेक्ट अन्तरगतको कार्यक्रम सम्पन्न गरिएको हो ।
वर्तमान अवस्थामा प्रायः किशोरीहरु पीडित बन्दै गरेको घटनाहरु दिनप्रतिदिन सार्वजानिक भइरह्दा यहाँका किशोरीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको अधिकारकर्मी तथा समाजसेवी भावना ऋषिदेवले बताइन् ।
उनले दिएको जानकारीअनुसार बालबालिका तथा किशोरीमा हुने हिंसा न्यूनिकरणाका पालिका स्तरिय किशोरी संजालको निमार्ण कार्यक्रमको संचालन गरिएको बताइन् ।
सो कार्यक्रममा बुढीगंगा गाउँपालिका भित्रका विभिन्न वडाका ५० जना भन्दा बढी किशोरीहरुको सहभागिहरु रहेको थियो जसमा म र मेरो लक्ष्य, किशोरवस्था, नेतृत्व, समुह संजाल परिचय र यसको महत्व र आवश्यकता साथै पालिकासँग माग पत्र निमार्ण गरेको बताईन ।
पालिकास्तरिय १३ सदस्यीय किशोरी संजालमा छनोट भएका सम्पूर्ण सदस्यहरुलाई गाँउ पालिका अध्यक्ष जित नारायण थापा मगरले दोस्ल्ला, अबिर र सयपत्री माला लगाएर उनीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
पालिका अध्यक्ष जित नारायण किशोरी सञ्जालका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गदैँ भने मैले लामो समय देखी किशोरीहरुको समुह र किशोरी सम्बन्धि काम गर्न खोजे पनि नसकिरहेकामा हाल विभिन्न संस्थाको माध्यमबाट र युवा अभियानकर्ता तथा अधिकारीकर्मी वहिनी भावना ऋषिदेवको सक्रियतामा पालिका स्तरीय किशोरी संजालको निमार्ण हुँदा आफु हृदयदेखी खुशी भएको बताए ।
उनले किशोरी संजालका सम्पुर्ण पदाधिकारीहरुलाई मेरो व्यक्तिगत तथा पालिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै बालबालिका, किशोरी तथा महिलाहरुको लागि हामीले विभिन्न कार्यक्रम सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पालिका अध्यक्ष जित नारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार सहभगीतामा पुष्प पोखरेल, र भावना ऋषिदेवले सहजीकरण गरेका थिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post