राजविराज । सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले प्रहरी जवान संजितकुमार रायलाई निलम्बनको तयारी गरिएको बताएकाे छ ।
बिहीबार साँझ सप्तरीको राजविराजस्थित कुनौली सडक खण्डमा ड्युटीमा रहेका एक प्रहरी जवानले सडकमा सर्वसाधारणलाई गालीगलौज गर्दै मनपरी गरेपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका छन् ।
राजविराज–कुनौली सडक खण्ड अन्तर्गत महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस अगाडि ड्युटीमा रहेका प्रहरी जवान संजितकुमार रायले मोटरसाइकलको हेलमेट नलगाएको भन्दै गाली गलौज गर्न थालेपछि सर्वसाधारण प्रतिकारमा उत्रेका थिए ।
हेलमेट नलगाई आएको एउटा मोटरसाइकल नियन्त्रणमा लिने क्रममा प्रहरी जवान रायले सुरुमा मोटरसाइकल धनीलाई गालीगलौज गर्दै मोटरसाइकलको टायर समातेर सडकमै मोटरसाइकललाई घिसारेको प्रत्यक्षदर्शीहरुले बताए ।
मोटरसाइकल सडकमै घिर्सान थालेपछि स्थानीयले त्यसो नगर्न भन्दा लगाएको बर्दी फुकालेर उनले तथानाम गाली गर्न थालेपछि भेला भएका स्थानीयहरूले प्रतिकार गरेका थिए । प्रहरी जवान रायले भिडियो खिच्नेहरुलाई समेत धम्क्याउँदै गालीगलौज गरेका थिए भने बर्दी फुकालेर ‘फिल्मी शैली’मा सडकमा लाठी बजार्दै जथाभावी गरेको प्रत्यक्षदशीहरुको भनाइ छ ।
प्रहरी जवान रायले कपडा खोलेर लठ्ठी समातेर धम्क्याएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
केही बेरसम्म प्रहरी जवान रायले सडकमा जथाभावी गर्न थालेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले पदीय आचरण विपरीत कार्य गर्ने प्रहरी जवान रायलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post