
इनरूवा । गत माघ २६ गतेका दिन कृषि ज्ञान केन्द्र सुनसरीकाे कार्यालयमा दिउँसो दुई कर्मचारी बीच जुता हानाहान भएको खबर सार्वजनिक भएको छ ।
साेही कार्यालय कार्यरत रहेका तत्कालीन लेखा अधिकृत रेवती कटेल र ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह बीच जुता हानाहान भएको खबर बिहीबार कार्यालय स्राेतले सार्वजनिक गएको हाे ।
स्राेतका अनुसार नियमसँग नमिल्ने कागजात जसरी पनि तयारी गरि भुक्तानी गर्नुपर्ने भन्दै त्यहाँका लेखा अधिकृत कटेललाई अशब्द्व बाेली बाेल्दै रूखाे व्यवहार गरेका थिए ।
तर लेखा अधिकृत कट्टेलसँग प्रदेश प्वाइन्ट सहितका पत्रकारहरूकाे टीम वहाँसँग प्रतिक्रिया समेत लिएका छन् ।
उनले पत्रकारहरूसँग कुरा गर्दै भने “म भ्रष्टाचार गर्ने र कमिशन खाने कर्मचारी हाेइन” मलाई कसैले बिना काम भुक्तानी गर भनेपछि म कसरी गर्नु मलाई नियम कानुनमा बस्नुपर्ने मैले त्यहाँका कार्यालय प्रमुख सिंहलाई भनेको बताए ।
तर उनले भने मलाई आफैं कामकाज गर्न नराम्रो लाग्याे, त्यहीँ भएर म सरूवा गराएर भेटनरी तथा पशु अस्पताल सुनसरीकाे कार्यालयमा भयाे ।
त्याे दिनकाे मलाई समझाना आउछ , त्याे दिन मैले भने यसरी बिना काम पैसा निकासा गर्न मिल्दैन भने, मलाई त्यहीँ कारण अशब्द्व बाेली र मुक्का सँगै जुता प्रहार भएको बताए ।
लेखा अधिकृत कट्टेलमाथी जुता र मुक्का प्रहार गरेपछि मैलेपनि पछिबाट जुता उठाएको बताए तर मैले जुता प्रहार नगरेको सिंहमाथी जुता मात्रै उठाएकाे बताए । त्यस्तै यहीँ विषयमा प्रतिक्रिया लिन कृषि ज्ञान केन्द्रका प्रमुख सिंहलाई पटकपटक फाेन गर्न खाेज्दा फाेन उठाएकाे छैन् । हाम्रो टीम प्रतिक्रिया लिनकै लागि कार्यालय समेत पुग्याे तर वहाँ कार्यालयमा नभई बाहिर गएको कार्यालय स्रोतले जनाएको छ ।
उता गता आर्थिक वर्षमा कृषिको ज्ञान केन्द्र सुनसरीको विभिन्न शिर्षककाे रकम हिनामिना गरेको यसैबाट प्रष्ट हुन्छ ।










Discussion about this post