चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका–८ स्थित साेनयाही गाउँमा आइतबार आगलागी हुँदा पाँच जनाकाे ८ घर जलेर नष्ट भएका छन्। स्थानीय खुर्शिद अंसारीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए।
राइका अनुसार, गहुँ दाैनी गर्दा अचानक गहुँ थ्रेसरबाट आगलागी भएको आशंका गरिएको छ ।
आगलागी नियन्त्रणमा लिनकाे लागि नेपालकाे छिमेकी राष्ट्र भारतकाे बिहारबाट समेत बारूणयन्त्र आउनुको साथै सुनसरी जिल्लाको ५ वटा बारूणयन्त्र ( दमकल), सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे थियो। आगलागीबाट स्थानीय खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर जलेर नष्ट भएको छ।
आगलागीबाट करिब एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक राइले जानकारी दिए। गाउँपालिकाको दमकल नभएका कारण सुनसरीकाे इनरुवा , रामधुनी, दुहबी , काेशी , हरिनगर गाउँपालिका र छिमेकी मुलुक भारतकाे बिरपुरबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिन थालिएको स्थानीय इफ्रान अंसारीले बताए।
आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बताए।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post