• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप चैत १५ देखि, विजेतालाई ४ लाख पुरस्कार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ चैत्र १३ गते, २२:२८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, खेल पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप चैत १५ देखि, विजेतालाई ४ लाख पुरस्कार
27
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ।न्युस्टार क्लब वराहक्षेत्रको आयोजनामा हुने वराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय भरौल गोल्डकपको छैठौं संस्करण आगामी चैत्र १५ देखि सुरु हुने भएको छ ।
सोमबार खेलमैदानस्थित न्युस्टार क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो ।
फुटबल खेलको उर्वर भूमि भरौलस्थित जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतका दुई टोलीसहित ८ टिमले सहभागिता जनाउने तय भएको छ । प्रतियोगितामा सिलिगुडी भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनमूक्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड काठमाडौ, डिवाइन बोइज युनियन काठमाडौ, केबीए ग्लोबल भरतपुर एफसी र आयोजक न्युस्टार क्लबबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, गोलकर्ता, प्रशिक्षक र उदयीमान खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

उल्लेखीय राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भरौलबाट राष्ट्रिय खेलाडीका रुपमा हरि ठकुरी, श्याम माली, टङ्क बस्नेतजस्ता खेलाडीले पहिचान बनाइसकेका छन् ।

‘फुटबल खेलाडीहरुको उर्वर भूमि हो यो, यो भूमिलाई थप मलिलो बनाउन र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हामीले पहल प्रयत्न गरिरहेका छौं’, वराहक्षेत्र ५ का वडाध्यक्ष तथा अन्तर्राष्ट्रिय भरौल गोल्डकपका संयोजक रोहित काफ्लेले भने, ‘खेलकुदमा विनियोजित बजेटको ५० प्रतिशत बजेट गोल्डकपका लागि छुट्याएको छु ।’
प्रतियोगिता संयोजक तथा वडाध्यक्ष काफ्लेले खेलकुद समितिबाट समेत बजेट विनियोजन गर्न पहल गरेको बताए । उनले विगतमा जेजस्तो भए पनि वैशाख ५ भित्र प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरे ।
विगतका संस्करणहरुमा नगर प्रमुखले प्रतियोगिताको उद्घाटन गर्ने गरेको भए पनि यो पटक प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले उद्घाटन गर्ने छन् ।

प्रतियोगिताको टिकट दर ५० रुपैयाँ राखिएको छ भने फाइनल खेलमा १ सय रुपैयाँ तोकिएको छ ।

यस अघिका प्रतियोगिताका बोलकबोलको रकम उठ्न नसकेको अवस्थामा प्रतियोगिता सन्चालन गरेको अध्यक्ष कार्कीले बताए ।
प्रायोजक र सहयोगी संस्थाबाट ढिलो रकम प्राप्त हुँदा समेत समस्या उत्पन्न हुने उनको भनाइ छ ।
एन्फा सुनसरीका उपाध्यक्षसमेत रहेका कार्कीले यस वर्षदेखि मदिराजन्य व्यवसायको प्रवर्धन गर्न नपाइने राज्यको नियमका कारण प्रतियोगितामा आर्थिक सङ्कट आइलाग्न सक्ने बताए । ‘हामीले टुबोर्गसँग प्रायोजनका लागि कुरा अघि बढाएका थियौं तर सरकारले मदिराजन्य व्यवसायको बोर्ड, होर्डिङ बोर्ड लगाउन नपाउने नियम लागू गरेपछि कम्पनीले प्रतियोगितालाई प्रायोजन नगर्ने भएको छ ।’ कार्कीले भने ।

प्रतियोगिताको कुल लागत ५५ लाख ५१ हजार रुपैयाँ रहेको क्लबका अध्यक्ष कार्कीले बताए । उनले प्रदेश खेलकुद विकास समिति, राष्ट्रिय खेलकुद परिषदमा समेत प्रस्ताव पेश गरेको जानकारी दिए । वराहक्षेत्र नगरपालिकाबाट समेत १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा रहेको उनको भनाइ छ। तर, नगरपालिकाले हालसम्म रकम विनियोजन गर्नेबारे निर्णय गरेको छैन । यस्तै राष्ट्रिय खेलकुद परिषदसँग समेत १५ लाख रुपैयाँ प्राप्त गर्ने अपेक्षा गरेको छ तर उक्त रकम पनि अनिश्चित छ । ५ नम्बर वडा कार्यालयले भने ७ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

प्रतियोगिता सन्चालनका लागि खेलप्रेमीले बोलकबोल गरेको रकम ८ लाख रुपैयाँसमेत प्राप्त भइसकेको छैन ।

Tags: आकर्षक पुरस्कारआमन्त्रणचैत १५ देखिछैटौं अन्तर्राष्ट्रियभरौल गोल्डकपविजेतालाई ४ लाख

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist