मान बहादुर ठकुल्ला/टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ । ८ नम्बर वडाका २७ वर्षका पवन आउजीलाई शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ ।
घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयकाे भनाइ रहेको छ । घाइते आउजीकाे दायाँबायाँ हात र बायाँ कानमा चिथाेरेकाे प्रहरी चाैकी कालाकुण्डाका ईन्चार्ज प्रहरी नायब निरिक्षक डेनि बहादुर स्वाँरले जानकारी दिए ।बाघले आक्रमण गर्दा हाेहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ । नेपाल भारत सिमा नजिकैको ७००/ १/९९ पिलर नजिक नेपाल तर्फ आक्रमण गरेको बताइएको छ ।
बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ । साथै विओपी श्रीलंका र प्रहरीले त्यस वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह समेतगरेको छ ।
बाघ को आक्रमण मा परि घाइते आउजी को स्वास्थ अवस्थाबारे बुझ्न वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्ला ,नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,सब डिभिजन कार्यलयका कर्मचारी सत्ती कर्णाली सा बन उ स का कोषाध्यक्ष मनिराम ढुंगाना लगायत श्रीलंका घाईतेकाे घर तथा घट्ना स्थल पुगेक थिए ।
Discussion about this post